केराको बगैंचामा हात्तीले मचाए वितण्डा, तर एउटा केराको बोटलाई भने छुँदा पनि छोएनन् ! [भिडियो]

एजेन्सी – भारत तमिलनाडुको एक केरा बगैंचामा हात्तीहरुको एक हुल पस्यो। उनीहरुले त्यहाँ वितण्डा नै मच्चाए। मात्र एक केराको बोट छाडेर उनीहरुले त्यहाँ भएका सम्पूर्ण केराका बोटहरु नष्ट गरे।

केरा खेतिमा घुसेर वितण्डा मच्चाएपनि उनीहरुले एउटा केराको बोटलाई किन त्यतिकै छाडे होलान् ? यसो पछाडी एक कारण छ। कारण के हो भने त्यस केराको बोटमा एक चारको गुँड थियो।

भारतीय संचार माध्यमहरुका अनुसार घटना ईरोड जिल्ला स्थित सत्यमंगलाको रहेको छ। भीलामुंडी जंगलबाट आएर हातीको एक हुलले कृष्णसम्मी नाम गरेका किसानको केरा खेतिमा वितण्डा मच्चाएपनि चार भएको केराको बोटलाई केहि नगरेको त्यहाँको एक स्थानीय टेलिभिजनले जनायो।

सामाजिक संजालमा उक्त टेलिभिजनको रिपोर्ट पनि सार्वजनिक छ। उक्त भिडियो रिपोर्ट देख्ने धेरैले आश्चर्य व्यक्त मात्र गरेका छैनन्, भावुक हुँदै प्रतिक्रिया पनि जनाएका छन्।

भिडियोले धेरैको ध्यान तानेको छ। हात्तीको हुलले देखाएको संवेदनशीलतालाई लिएर धेरैले सामाजिक संजालमा हात्तीहरु भगवानको रुप हुने बताएका छन्।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१२:५१

छोराको मुखमा देखियो प्वाल, अस्पताल पुर्याउँदा जे पत्ता लाग्यो सबै चकित परे !