काठमाडौँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयर(आईपीओ)को बाँडफाँड आज भएको हो। सीईडीबी हाइड्रोपावरको आईपीओको बाँडफाँड आज भर्चुअल माध्यमबाट भएको धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म २५ लाख १८ हजार २३० कित्ता आईपीओका लागि आवेदन खुला गरेको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणका लागि खुला गरिएकोमा कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि आवेदन परेको थियो। आईपीओका लागि परेको आवेदन माग भए भन्दा १०.५२ गुणाले बढी हो।
कतिले पाए ?
२ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता प्रमाणीकरण भएको र ४८ हजार ३२२ आवेदकबाट परेको १६ लाख ३७ हजार ६५९ प्रमाणीकरण हुन नसकेको सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। ४ हजार ४४२ आवेदकबाट माग भएको ६१ हजार ३७२ कित्ता अयोग्य भएको सनराइज क्यापिटलले बतायो।
प्रमाणीकरण भएकामध्ये २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने थप चारजना आवेदकले थप १ कित्ता सहित ११ कित्ता शेयर पाएका छन्। यस्तै आइपीओका लागि आवेदन दिएका मध्ये १४ लाख ३ हजारभन्दा बढीको हात खाली भएको भएको छ।

