कुन-कुन दुई खेलाडीले पछि पारे त रोनाल्डोलाई, हेर्नुहोस् युरोपका टप १० स्ट्राइकरको सूची !

बायर्न म्युनिख स्टार रोबर्ट लेवान्डोव्स्कीले किलियन एमबाप्पे र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै हाल विश्वको सर्वश्रेष्ठ स्ट्राइकरको रूपमा सूचित हुन सफल भएका छन्।

३२ वर्षीय पोलिस स्ट्राइकर गत सिजनबाट निकै उत्कृष्ट लयमा रहेका छन्। बार्यन स्टारले गत सिजन सबै प्रतियोगितामा ४७ खेल खेल्दै ५५ गोल गर्नुका साथै १० असिस्ट पनि प्रादान गरेका छन्। लेवान्डोव्स्कीको उत्कृष्ट लयको मद्दतले बार्यन्ले २०१९-२० सिजनमा ट्रेबल जित्न साफल भएको थियो।

उनी जारी सिजन पनि निकै उत्कृष्ट लयमा रहेका छन्। यस सिजन उनले ३८ खेलमा ४६ गोल गर्नुका साथै ८ गोलमा असिस्ट पनि प्रदान गरेका छन्। सोहि लयको कारण नै द डेली स्टारले जारी गरेको टप १० स्ट्राइकरको सूचीमा रोबर्ट पहिलो स्थानमा पर्न सफल भएका छन्। सूचीको दोस्रो स्थानमा पीएसजी स्टार किलियन एम्बाप्पे रहेका छन् भने युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले टप ३ पूरा गरेका छन्।

टप १० को सूची यस प्रकार छ:- 

१०. काइरो इमोबिले (लाजियो)

९. आन्द्रे सिल्भा (फ्रान्कफर्ट) 

८. रोमेलु लुकाकु (इन्टर मिलान)

७. करिम बेन्जेमा (रियल म्याड्रिड) 

६. ह्यारी केन (टोटनह्याम हट्सपर)

५. लुइस सुवारेज (एथलेटिको म्याड्रिड) 

४. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड)

३. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) 

२. किलियन् एम्बाप्पे (पीएसजी) 

१. रोबर्ट लेवान्डोव्स्की (बायर्न म्युनिख)

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१४:०९

अब यस्तो भएको खण्डमा मात्रै बार्सिलोना बन्नेछ लालिगा च्याम्पियन …