सूर्यका कारण आउने असार १ गते सम्म यी ३ राशिलाई धेरै अशुभ !

एजेन्सी – शुक्रबार सूर्य ग्रहको राशि गोचर हुँदैछ। रातको ११ बजेर ३६ मिनेटमा सूर्य मेष राशि छाडेर वृष राशिमा प्रवेश गर्नेछ। सूर्यले राशि परिवर्तन गर्दा त्यस्को असर सबै राशि हुनेहरुलाई पर्नेछ। कुण्डलीको स्थान अनुसार सूर्यले हरेक राशिलाई सकारात्मक र नकारात्मक प्रभाव पार्नेछ। सूर्य राशि परिवर्तनको प्रभाव आउने असार १ गते सम्म रहनेछ। ज्योतिषीहरुका अनुसार सूर्यको राशि परिवर्तनले निम्न ३ राशि हुनेहरुलाई सबै भन्दा बढी नकारात्मक असर पर्नेछ।

मिथुन राशि

सूर्यको राशि गोचरले मिथुन राशि हुनेहरुलाई नकारात्मक प्रभाव पर्ने देखिन्छ। सूर्यको राशि परिवर्तनले सबै भन्दा बढी आर्थिक पक्ष प्रभावित हुनेछ। चलिरहेका कार्य बन्द हुन सक्ने सम्भावना छ। त्यस्तै कानुनी रुपमा पनि समस्या आइपर्नसक्ला। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक कलह बढ्द मानसिक रुपमा विचलन समेत बढ्न सक्ने देखिन्छ।

तुला राशि

सूर्य गोचरको नकारात्मक प्रभाव तुला राशि हुनेहरुको स्वास्थ्यमा पर्नेछ। श्वासप्रश्वास सम्बन्धि समस्या रहला। आँखा सम्बन्धि समस्याले पनि सताउन सक्ने देखिन्छ। बोलिका कारण काम बिग्रन सक्ने हुँदा बोलिमा नियन्त्रण आवश्यक रहनेछ। व्यवहारमा पनि नियन्त्रण आवश्यक रहला। कठिन परिस्थितिको सामना हुनेछ।

कुम्भ राशि

सूर्यको गोचरले पारिवारिक कलह बढाउनेछ। मानसिक अशान्तिको सामना गर्नुपर्नेछ। घर-जग्गा सम्बन्धि कारोबार रोकिने सम्भावना छ। पैतृक सम्पत्तिलाई लिएर कलह बढ्ने पनि देखिन्छ। मित्रजनलाई लिएर अप्रिय समाचार प्राप्त हुन सक्ला। शत्रुहरु हावी हुन सक्ने हुँदा हरेक कदम सावधानीपूर्वक चलेको राम्रो हुनेछ। टाढाका यात्रा योजनाहरु असफल हुनेछन्।

सूर्यले गर्दैछ राशि परिवर्तन, यी ४ राशि हुनेहरुलाई धेरै शुभ !

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१९:५१

जेठ महिनाको पहिलो हप्ता कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !