मेष राशि
परिश्रम बढी पर्ला तर त्यसको फल प्राप्ति भने साह्रै थोरैमात्र हुनेछ । व्यापारको क्षेत्रमा पनि घिस्रेरमात्र चल्ने समय छ । साताको मध्यभागमा पेटमा केही गडबडी आउन सक्छ । त्यसैले खानपानमा सतर्क हुनुहोस् । आर्थिक सञ्चिती हुने समय हाल देखिँदैन ।
वृष राशि
मनमा अलि–अलि डर त लाग्ला तर बिग्रने समय भने छैन । साहसमा सामान्य कमीमात्रै देखापर्छ । शिक्षाको क्षेत्रमा परिश्रम बढाए निकै उपलब्धि होला । विशेषगरेर हाल तपाईंलाई सहयोग दिने भने मित्र र परिवारका सदस्य नै छन् ।
मिथुन राशि
खर्च बढे पनि सातालाई नराम्रो भन्न सकिँदैन । साताको सुरुमै रमाइलो कार्यक्रम हुनेछ र साथीहरूसँग भेटघाट भइरहला । हातले समातेको व्यवसायले अलि–अलि आर्थिक लाभ गराइरहला । शिक्षाको क्षेत्रमा पनि हाल त्यति नराम्रो छैन ।
कर्कट राशि
सुरुका दुई दिनमा बढी खर्च होला । भोजभतेर र मङ्गल उत्सव गर्नकै लागि विशेष खर्च गर्नुपर्नेछ । व्यापार र व्यवसायको कामबाट गतिलै लाभ लिन सक्नुहुनेछ । तर, मित्र सहयोग भने हाल त्यति देखिँदैन । वैवाहिक काममा समेत अवरोध आएको अनुभव होला ।
सिंह राशि
मध्यमखालको साता छ । परिश्रम बढी नै होला । परिश्रमअनुसार केही आर्जन पनि गर्नुहुनेछ । मनको प्रवृित्त असल काम गर्नतिर गइरहेको छ । तर, सहयोग दिने व्यक्ति पाउन भने हाल कठिन छ । परिवारका सदस्यसित त्यति कुरा मिल्ने छैन ।
कन्या राशि
पूर्वाद्र्ध निकै राम्रो देखिन्छ । गरेका कामहरू सरसर्ती बन्नेछन् भने आर्थिक लाभ पनि भइरहला । बुधबारदेखि भने अकस्मात् खर्च बढ्नेछ । व्यापारतिर केही नयाँ क्षेत्रमा समेत लगानी हुने सम्भावना छ । भैरवको सेवाले सामुन्ने आएका बाधालाई हटाउन सकिएला ।
तुला राशि
त्यति राम्रो समय छैन । असल काम गर्न खोज्दा पनि कठिनाइ आइरहनेछन् । नेतृत्व शक्ति त्यति फितलो नभए पनि कूटनीतिक प्रतिभा भने हाल देखिन्न । जागिरको काममा अनेकौँ अवरोध खडा हुन सक्छन् । पढाइ र लेखाइ चलिरहला ।
वृश्चिक राशि
सुरुका दुई दिन त्यति राम्रा छैनन् । अनेकौँ बाधा आएर मनमा खिन्नता होला । मद्दत दिने थोरै र रिस गर्ने धेरै भएकाले समस्या थपिनै रहनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना त्यत्तिकै छ । मङ्गलबारको दिनमा गणेशको दर्शनको साथै गणेशलाई दुबोसमेत चढाउनुहोस् ।
धनु राशि
घुमफिर बढी होला । तर, उपलब्धि भने थोरैमात्र हुनेछ । बाधा दिनेहरू धेरै भएकाले तिनीहरूसँग सङ्घर्ष गर्दागर्दै थाकिएला । शिक्षाको क्षेत्रमा नराम्रो छैन र खर्चको धेरै भाग पनि शिक्षातिर नै हुनेछ । परिवारबाट पाउनुपर्ने सन्तोष मिल्ने समय छैन ।
मकर राशि
यो साता प्रशस्त वादविवाद र कठिनाइको सामना गर्नुपर्ला । त्यसैले थकानको अनुभव भइरहनेछ । पढाइमा धेरै समय दिन सक्नुहुने छैन । मित्रहरूको सहयोग भने मिलिरहला । जागिरदारका लागि समेत विशेष फल प्राप्ति हुने समय हाल देखापर्दैन ।
कुम्भ राशि
सातालाई राम्रै रूपमा लिन सकिन्छ । पहिले आएका कठिनाइ र बाधा बिस्तारै घटेर जानेछन् । पारिवारिक समस्या पनि किनारा लाग्लाजस्तो छ । सन्तानसम्बन्धी समस्या भने निर्मूल हुने छैन । गणेशको आराधना गर्नाले त्यसलाई निराकरण गर्न सकिनेछ ।
मीन राशि
साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला तर सोमबारदेखि त्यसमा सुधार हुने भएकाले मनमा प्रसन्नता होला । सामुन्ने आएको आर्थिक समस्यालाई बिस्तारै हटाउन सकिनेछ । आन्तरिक व्यापारभन्दा बाह्य व्यापारबाट फाइदा हुनेछ ।