सालाह र लेवान्डोस्की बीच भएको समानता बारे बोले जोर्गेन ! यसो भने …

एजेन्सी – लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले क्लबका फरवार्ड मोहम्मद सालाहको खुलेर प्रशंसा गरेका छन्। प्रिमियर लिग अन्तर्गतको खेलमा आइतबार बेलुका वेस्ट ब्रोम विरुद्ध खेल्नु अगाडी आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जवाफ दिनेक्रममा क्लोपले सालाहको खुलेर प्रशंसा गरेका हुन्।

जोर्गेन क्लोपले सालाहले जारी सिजनमा अपनी राम्रो प्रदर्शन गरेको बताए। लिभरपुलले जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेको भएपनि सालाहले राम्रो प्रदर्शन गरिरहेको जोर्गेन क्लोपको भनाई छ।

सालाहलाई कम सराहना मिल्ने गरेको कुरालाई क्लोपले स्वीकार गरे। क्लोपका अनुसार लिभरपुल लयमा भएको भए सालाहले अझ राम्रो प्रदर्शन गरिरहेका हुन्थे।

“सालाहले यस सिजन पनि असाधारण खेले। यदि हामीले स्थिर खेल प्रदर्शन गर्न सकेको भए सालाहको प्रदर्शन अझ राम्रो हुन्थ्यो।”,क्लोपले भने। क्लोपका अनुसार लिभरपुल राम्रो लयमा भएको भए उनले अझ बढी गोल गरिसकेका हुने थिए। उनले भने,”पक्कै पनि, कहिले काहिं उनको कम सराहना हुन्छ।”

लेवान्डोस्कीसँग तुलना

क्लोपले सालाहको विकासक्रमलाई बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीको विकासक्रमसँग तुलना गरेका छन्। क्लोपका अनुसार दुवैको विकासक्रममा धेरै समानताहरु छन्। सालाह र लेवान्डोस्कीले आफ्नो खेलमा धेरै सुधार गरेको उनले बताए। सालाह पहिला कहिले काहिं गोल गर्ने खेलाडी भए पनि अहिले आएर गोल मेसिनमा परिणत भएको क्लोपको भनाई छ।

प्रकाशित : शनिबार, जेठ ०१, २०७८१२:१५

युभेन्टस भर्सेस इन्टर: च्याम्पियन्स लिगमा स्थान बनाउन जित्ने पर्ने युभेन्टसको बाध्यता!