भोलि जेठ २ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको मन निकै चंचल रहनेछ जसकारण निर्णय लिन कठिनाई हुनेछ । साथै महत्त्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ। छोटो यात्रा हुन सक्ला। साहित्य लेखनको लागि शुभ दिन रहेको छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पूर्ण स्थिर रहेर काम सम्पन्न गर्नुहोला। अट्टेरी हुनुको सट्टा समाधानकारी रहनुहोला। यात्राको आयोजन सफल हुने छैन। भाइबाट प्रेम र समर्थन प्राप्त गर्नुहुनेछ। कलाकार, कारीगर र लेखकले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्। स्वास्थ्य राम्रो रहनेछ। प्रतिस्पर्धीलाई हराउन सक्षम रहनु हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आर्थिक दृष्टिले लाभदायक दिन रहनेछ। शारीरिक र मानसिक रूपले ताजा र प्रसन्न अनुभव गर्नहुनेछ। साथी र परिवारसँग खुशीसाथ दिन  बिताउनुहुनेछ। साथै उपहार प्राप्त गर्नुहुनेछ। आर्थिक लाभ  होला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा  खिन्नता र भय  अनुभव गर्नुहुनेछ। परिवारमा मतभेदका कारण पारिवारिक वातावरण तनावपूर्ण रहनेछ। मनमा दुविधा रहनाले मानसिक रुपले बेचैन रहनुहुनेछ। बोलिमा विशेष  ध्यान राख्नुहोला। अत्यधिक खर्च हान सक्ला। गलत धारणा नहुँदा मानसिक शान्ति अनुभव गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापारमा लाभ र आम्दानी वृद्दि हुनेछ। उत्तम भोजन प्राप्त होला। साथीसँग रमणीय स्थानमा जान सक्नुहुनेछ। छोरासँग भेट्ने अवसर प्राप्त हुनेछ। कुनै शुभ प्रसंग प्राप्त हुनेछ। वैवाहिक जीवन राम्रो रहनेछ  र श्रीमतीको सहयोग प्राप्त हुनेछ। नयाँ वस्तुको किनमेल गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यापारी र व्यवसायिक व्यक्तिको लागि लाभदायक दिन साबित हुनेछ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ जसकारण पदोन्नति हुन सक्ला। स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक वातावरण  रमणीय रहला। व्यापारको कामका लागि बाहिर जानु हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

याँ काम सुरु गर्न कोसिस गर्नुहुनेछ। बौद्धिक कार्य र साहित्य लेखनमा  सक्रिय रहनुहुनेछ। तीर्थ यात्रामा  जाने अवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथी र आफन्तबाट शुभ खबर प्राप्त गर्नुहुनेछ जसकारण तपाई निकै प्रसन्न रहनुहुनेछ ।  सहकर्मीको सहयोग प्राप्त हुनेछैन।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। शारीरिक र मानसिक स्वास्थ्यको अस्वस्थ रहनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला। कुनै पनि अनैतिक काम र सरकार विरोधी गतिविधिबाट टाढा रहनुहोला अन्यथा समस्यामा पर्नुहुनेछ। पानीबाट टाढा  बस्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन खुशी – शान्ति र आनन्दमा बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ  कपडा प्राप्त गर्नुहुनेछ। विपरीत लिंगीय व्यक्ति तर्फ आकर्ष रहनुको साथै  उनीहरुसँग भेट रोमाञ्चक रहनेछ। तपाईका विचार स्थिर रहनेछैन। सहभागितामा फाइदा  हुनेछ । उत्तम वैवाहिक सुख प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारयश, प्रसिद्दि  र आनन्द मिल्नेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागि दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको सहयोग मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

वैचारिक रुपले निराश रहनुहुनेछ। कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु नै फाइदाजनक साबित   हुन्छ। यात्रा – प्रवासमा समस्या हुन सक्छ। निर्धारित कार्य पूरा नहुँदा निराश रहनुहुनेछ। मन अशान्त रहनेछ। सन्तानको स्वास्थ्य वा पढाईले सताउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन ताजगी र आनन्दको अभावमा बित्नेछ। आफन्त र साथीसँग बहस हुन सक्ला। समस्या  तथा विरोधी परिस्थिको कारण शारीरिक मानसिक स्वास्थ्य खराब उनक सक्छ । कुनै पनि प्रकारको कागजातमा हस्ताक्षर नगर्नुहोला। कुनै पनि  परिस्थिति उत्पन्न हुन सक्छ जसले मानहानी हुन सक्ला।

प्रकाशित : शनिबार, जेठ ०१, २०७८१९:५२

आज जेठ २ गते आईतबार कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !