अभिनेत्री हिना खान आफ्नो लुक्सले सबैलाई घायल बनाउँछिन्। हिना बो-ल्ड लुक्स मात्र नभई ट्रेडिशन लुकमा पनि निकै सुन्दर देखिन्छिन्। हालै हिनाले आफ्नो इंस्टा अकाउन्टमा फोटोशूटको फोटो साझा गरेकी छन्। हिनाले ब्ल्याक कलरको सूट लगाएकी छन्। हिनाको लुकलाई हल्का मेकअप, गाजल, लिपस्टिक र बनले पूरा गरेको छ।

हिनाले आफ्नो लुकलाई ज्वैलिरी र रिंग्सले पूरा गरेको छ। यस फोटोशूटमा हिना मुस्कुराईरहेकी छन्। हिनाको दुख आँखा र अनुहारमा देख्न सकिन्छ। हिनाको पिताको निधनपछि उनको यो पहिलो फोटोशूट हो। हिनाको यी फोटो फ्यानले निकै मन पराएका छन्।

हिना खानको पिताको निधन २० अप्रिलमा भएको थियो। त्यस समय हिना कश्मीरमा आफ्नो एक प्रोजेक्टको लागि शूटिंग गरिरहेकी थिइन्। पिताको निधनको खबर सुन्ने बितिक्कै उनी त्यहाँबाट फर्किएकी थिइन्। उनी पिताको निकै नजिक थिइन् र उनी आफ्नो पितासँग फन्नी भिडियो र फोटो साझा गरिररहन्थिन्।

कामको कुरा गर्दा हिना खानको म्युजिक भिडियो पत्थर वर्गी हालै रिलीज भएको हो।




