यस्तो चमत्कार भए मात्रै रियल बन्नेछ लालिगा च्याम्पियन …

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन सिजनको अन्तिम खेलमा मात्रै टुंगो लाग्ने भएको छ। बार्सिलोना उपाधि होडबाट बाहिरिसकेको अवस्थामा एटलेटिको म्याड्रिड र रियल म्याड्रिड मध्ये को च्याम्पियन बन्छ भन्ने अन्तिम खेलमा मात्र टुंगो लाग्ने भएको हो।

एटलेटिको म्याड्रिड ला लिगाको शीर्षस्थानमा

स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको ३७ औं चरणको खेलमा घरेलु मैदानमा ओसासुनालाई पराजित गर्यो। एटलेटिकोको उक्त्रिष्ट पुनरागमन सँगै ओसासुना २-१ ले पराजित भयो।

ओसासुनाका आन्टे बुडिमिरले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । उनले रुबेन गार्सियाको क्रसमा हेडरमार्फत गोल गरेका थिए । गोल खाएको ७ मिनेट नबित्दै एटलेटिकोले बराबरी गोल फर्कायो । जोआओ फेलिक्सको उत्कृष्ट चिप पासलाई रेनान लोडीले सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यस्तै एटलेटिकोका लागि दोस्रो तथा निर्णायक गोल लुइस सुआरेजले गरे। खेलको २ मिनेट समय बाँकी रहँदा उनले यानिक फरेरा करास्कोको लो क्रसलाई गोलमा परिणत गरे।

उपाधि होडमै रियल

आइतबार राति रियल म्याड्रिडले पनि जित निकाल्यो। डिफेन्डर नाचो फर्नान्डेसले सिजनको पहिलो गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा घरेलु टोली एथलेटिको बिल्वाओलाई १–० ले पराजित गरेको हो।

नाचो फर्नान्डेजले ६८औं मिनेटमा गोल गरेका हुन्। क्यासमिरोले सिक्स यार्ड बक्सभित्र बाट गरेको लो क्रसलाई सुरुमै आफसाइड पोजिसनमा रहेका करिम बेन्जेमाले छाडेको बल नाचोलाई लाग्दै गोलमा परिणत भयो।

यति यस्तो भएमात्र रियल बन्नेछ लालिगा च्याम्पियन

हाल लालिगाको शिर्षस्थानमा रहेको एटलेटिकोको ८३ अंक छ। उसले ३७ खेलबाट ८३ अंक बटुलेको हो। एटलेटिको भन्दा रियल २ अंकले पछाडी छ। उसको ८१ अंक छ। एट्लेटिकोले रियल भालाडोलिड र रियलले भिल्लारियलसँग खेल्न बाँकी छ । रियल भालाडोलिड विरुद्धको खेलमा विजयी भएको खण्डमा एट्लेटिको लालिगा च्याम्पियन बन्नेछ।

तर, बराबरी अथवा हार बेहोरेको खण्डमा फाइदा रियललाई हुनेछ। रियल र एटलेटिकोको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा रियल म्याड्रिड अघि हुनेछ। रियलले यस सिजन एटलेटिकोविरुद्ध जित र बराबरी खेलेको थियो । जसकारण एट्लेटिकोको हार र रियलले भिल्लारियल विरुद्धको जितले रियललाई च्याम्पियन बनाउन सक्नेछ। सिजनको अन्तिम खेलमा दुवै टोलिले हारेको खण्डमा एटलेटिको च्याम्पियन बन्नेछ ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१०:३८

के मेस्सीले बार्साका लागि क्याम्प नाउमा अन्तिम खेल खेलेका हुन् त ?