२३ वर्षपछि भारतमा यति भ-यानक आँधी: मुम्बई एयरपोर्ट बन्द, ५ जनाको मृत्यु!

जेठ ३ । अरब सागरबाट उठेको चक्रवात ‘ताउ ते’ का कारण भारतको गुजरात, महाराष्ट्र , कर्नाटक, केरला र गोवासहित ७ राज्यमा  तीव्र हावाहुरीका साथ भारी वर्षा भएको छ। ‘ताउ ते’  कै कारण मुम्बई एयरपोर्ट आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द गरिएको छ।

२३  वर्षपछि भ-यानक आँधी आउन लागेपछि गुजरातको तटिय इलाकाबाट करिब डेढ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिदैछ। आँधीका कारण मुम्बईसमेत १७ जिल्लालाई अलर्टमा राखिएको छ ।  यसअघि सन् १९९८, ९ जूनमा पनि कच्छ जिल्लाको कांडलामा भ-यानक आँधी आएको थियो । त्यस समयमा  ११ सय ७३ जना मानिसको मृत्यु र १७ सय ७४ जना मानिस हराएका थिए ।

आँधीका कारण कर्नाटकका विभिन्न जिल्लामा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१२:०१

मेक्सिकोकी यी सुन्दरीले जितिन ‘मिस यूनिभर्स २०२०’ को ताज, नेपाल टप-२१ मा पनि परेन!