संसारमा यस्ता थुप्रै घटना घट्ने गर्छन् जसले हर कोहिलाई अचम्मित पार्न सक्छ। हाल कोरोना महामारीले पूरा विश्वनै त्रसित छ। यसैबीच भारतको महाराष्ट्रमा एक यस्तो घटना भएको छ जसको बारेमा तपाईंलाई पनि विश्वास नलाग्न सक्छ। भारतको महाराष्ट्रको बारमती जिल्लामा एक महिना अन्तिम संस्कार गर्ने क्रममा बिउझीइन्।
वास्तवमा उक्त महिला बेहोस भएकी थिइन् तर उनका परिवारले उनको मृ-त्यु भएको सोचेर उनको अन्तिम संस्कारको तयारी गरे। तर उक्त पहिलो अन्तिम क्षणमा उठेर रुन थालिन्। रिपोर्टका अनुसार, पुनेको नजिक बारामती जिल्ला मुधले गाउँमा बस्ने शकुंतला गायकवाडलाई केहि समय अघि मात्र कोरोना संक्रमण भएको थियो। उनलाई आइशोलेशनमा राखिएको थियो। उनको स्वास्थ्यमा भने कुनै सुधार देखिएको थिएन। १० मे को दिन उनलाई अस्पताल लगियो। तर अस्पतालमा बेडको अभावका कारण उनलाई अस्पतालमा भर्ना गर्न सकिएन।
उनलाई एम्बुलेन्समै राखियो। तर उनको शरीर निकै कमजोर हुँदै गएको थियो। जसको कारण उनी बेहोस हुन पुगिन्। तर उनका परिवारलाई लाग्यो कि उनको मृ-त्यु भयो। परिवारले उनको अन्त्येष्टिको तयारी गर्न थाले। उक्त महिलालाई कोरोना संक्रमण भएकोले उनको नजिकै कोहि जाने हिम्मत पनि गरेनन्, जसको कारण उनको ज्यान गएको भन्ने लाग्यो।
तर अन्तिम संस्कारको तयारी गर्दा गर्दै परिवारका सदस्यले अचानक रुँदै कराउँदै गरेको आवाज सुने जुन उक्त महिलाको थियो जसलाई उनीहरुले मृ-त सोचेका थिए। यो देखेर सबै जना छक्क परे। जसपछि उक्त महिलालाई उपचारको लागि बारामतीको सिल्वर जुबली अस्पतालमा भर्ना गरियो।

