मेक्सिकोकी यी सुन्दरीले जितिन ‘मिस यूनिभर्स २०२०’ को ताज, नेपाल टप-२१ मा पनि परेन!

एजेन्सी, अमेरिकाको फ्लोरिडामा आयोजना भएको ‘मिस यूनिभर्स २०२०’  को प्रतियोगीतामा मेक्सिकोकी सुन्दरी एन्ड्रिया मेजाले ताज जितेकी छिन् ।  उनलाई पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले ‘मिस यूनिभर्स २०२०’ को क्राउन लगाईदिएकी हुन्। एन्ड्रिया मेजा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी छिन्।

‘यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड-१९ नियन्त्रण गर्न  कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा एन्ड्रिया मेजाले उत्कृष्ट जवाफ दिदै  उपाधी जितेकी हुन् ।  यो प्रतियोगीतामा नेपालकी ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि जितेकी २४ वर्षिय अन्शिका शर्माले पनि नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी थिइन् ।  तर उनले उत्कृष्ट २१ मा समेत पर्न सकिनन्।

 ‘मिस यूनिभर्स २०२०’ मा ब्राजिलकी जुलिया गामा फस्ट रनरअप, पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१२:३८

अरब सागरको आँधीको प्रभाव नेपालमा, हिमाल आरोहण नगर्न-नगराउन सुझाव !