मानिसको राशिले उसको रुचि, बौद्धिक प्रतिभा तथा अन्य थुप्रै वास्तविक क्षमताको बारेमा बताउँछ। यस्तोमा कुनै पनि क्षेत्रमा आफ्नो रुचि र प्रतिभा अनुसार काम प्राप्त गर्दा बढी सफलता प्राप्त गर्न सकिनेमा कुनै शंका छैन। त्यसैले आफ्नो राशी अनुसार कार्यक्षेत्र छनौट गर्दा मानिसले त्यसमा छिटै सफलता प्राप्त गर्न सक्नेछ ।
मेष राशि
यस राशिका मानिसहरुमा मंगल ग्रहको प्रभाव रहन्छ। मंगल ग्रह भूमि, सेना, खेलकुद, साहसिक कार्य, ईन्जिनियर आदिको कारक हो। त्यसैले,, मेष राशिका मानिसले मंगल सम्बन्धित काममा आफ्नो करियर छनौट गर्यो भने अधिक सफलता प्राप्त गर्न सक्नेछन् ।
वृष राशि
शुक्र ग्रह वृष राशिको स्वामी ग्रह हो। शुक्रलाई कला, सौन्दर्य, नृत्य, संगीत, अभिनय, लेखन आदिको कारक मानिन्छ। त्यसकारण पनि वृष राशिका व्यक्तिहरुले शुक्र ग्रहसँग सम्बन्धित व्यवसायमा सफलता पाउँने सम्भावना उच्च हुन्छ ।
मिथुन राशि
मिथुन राशिका मूल निवासीले गणित, बैंक, तार्किक विषय, लेखन, सञ्चार, मिडिया, सञ्चार आदिमा क्षत्रमा सफलता प्राप्त गर्ने सम्भावना बढी रहन्छ । मिथुन राशिको जातकले बुध ग्रहको कृपा प्राप्त गर्छन् ।
कर्कट राशि
कर्कट राशिको स्वामी ग्रह चद्रलाई मानिन्छ । चन्द्रमा पानी र तरल पदार्थको कारक हो। यस्तोमा, कर्कट राशिका मानिसले पानी तथा तरल पदार्थ जस्तै: पेय पदार्थ, समुन्द्री जहाज, माछा मार्ने सम्बन्धि व्यवसाय वा रोजगारीमा सफलता पाउँन सक्छन् ।
सिंह राशि
सिंह राशि भएका व्यक्तिमा सूर्यको प्रभाव हुन्छ। सूर्य ग्रहलाई नेता, राजा, प्रशासनिक अधिकारी, सरकारी सेवाका उच्च अधिकारी इत्यादिको कारक मानिन्छ। सिंह राशिका व्यक्तिहरूले राजनीति, सरकारी रोजगार, औषधि, शेयर बजार, कपडा, कपास, स्टेशनरी र फलफूलका क्षेत्रहरूमा ठूलो राम्रो सफलता प्राप्त गर्ने सम्भावना रहन्छ ।
कन्या राशि
कन्या राशिका मानिसले गणित, बैंकिंग, तार्किक विषयहरु, लेखन, संचार, मिडिया आदि क्षेत्रमा सफलता प्राप्त गर्ने सम्भावना बढी हुन्छ । कन्या राशि भयका व्यक्तिहरुमा बुध ग्रहको कृपा सधैं रहिरहन्छ।
तुला राशि
तुलाका मानिस माथि शुक्र ग्रहको प्रभाव रहन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई कला, सौन्दर्य, नृत्य, संगीत, अभिनय, लेखन आदि को कारक मानिन्छ। त्यसैले, तुला राशिका व्यक्तिहरूले शुक्र ग्रहसँग सम्बन्धित क्षेत्रमा खास सफलता पाउँने सम्भावना रहन्छ ।
वृश्चिक राशि
वृश्चिक राशिको स्वामी मंगल ग्रहलाई मानिन्छ। मंगल ग्रह भूमि, सेना, खेल, साहस, ईन्जिनियर आदि को कारक हो। यस्तोमा, वृश्चिक राशिका व्यक्तिहरुले यी क्षेत्रलाई आफ्नो पेशाको रूपमा रोज्नु राम्रो हुन्छ ।
धनु राशि
बृहस्पति ग्रहलाई धनु राशिको स्वामी मानिन्छ। यस राशिका व्यक्तिले ज्ञान र शिक्षासँग सम्बन्धित कार्यहरूमा ठूलो सफलता प्राप्त गर्ने सम्भावना प्रवल हुन्छ । त्यस्तै, लेखन, सम्पादन, शिक्षण, अन्न, दलाली, शेयर, माछा, आयोग, आयात निर्यात जस्ता क्षेत्रमा ठूलो सफलता प्राप्त हुने देखिन्छ ।
मकर राशि
शनि ग्रहलाई मकर राशिको स्वामी मानिन्छ । मकर राशिका व्यक्तिहरुले व्यवस्थापन, बीमा विभाग, बिजुली, आयोग, मेसिनरी, ठेकेदारी, सट्टा, आयात-निर्यात, रेडिमेड कपडा, राजनैतिक, खेलौना, खनन, वन उत्पादन, बागवानी आदिमा राम्रो सफलता पाउनेछन् ।
कुम्भ राशि
कुम्भ राशिका व्यक्तिहरूमा शनि ग्रहले प्रभाव पार्छ। यस राशिका व्यक्तिहरूले अनुसन्धान कार्य, शिक्षण कार्य, ज्योतिष, प्राकृतिक, चिकित्सा, दार्शनिक, कम्प्युटर, हवाइजहाज, मेकानिक, बीमा, करार, आदि क्षेत्रमा सफलता पाउँने सम्भावना बढी हुन्छ ।
मीन राशि
मीन राशिको स्वामी ग्रह बृहस्पति हो। त्यसैले, मीन राशि भएका व्यक्तिहरूले गैरसरकारी संस्था, शिक्षण, लेखन, सम्पादक, शिक्षा विभाग, कानून, वकालत , क्लर्क, प्रचारक, स्वतन्त्रता लडाकू, दार्शनिक, धार्मिक सुधारक, प्रकाशन जस्ता पेशाहरूमा बढी सफल हुन सक्छन् ।