जेठ महिना सबै भन्दा बढी कुन राशिलाई शुभ ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि 

यस महिना सामाजिक कार्यमा तपाईंको विशेष रुचि रहनेछ। साथै राजनैतिक र सामाजिक क्षेत्रमा पदप्रतिष्ठा प्राप्त हुनेछ । नयाँ कार्य सुरु गर्नको लागि यो महिना तपाईंको लागि अत्यन्त शुभ साबित हुनसक्छ। तपाईंको व्यक्तित्व तथा चाल-ढालले अरु मानिस तपाईं तर्फ आकर्षण हुनेछन्। घर-जग्गा सम्बन्धि क्षेत्रबाट लाभ मिल्ने योग पनि छ ।

वृष राशि 

वृष राशि भएका मानिसले यो महिना आफ्नो पूरा क्षमताका साथ कार्यक्षेत्रमा प्रभाव छाड्न सक्नुहुनेछ। यसका साथै पदोन्नतीको अवसर समेत प्राप्त गर्नुहुनेछ। आफू भन्दा ठूला मानिसको सुझावका साथ काम गर्नाले सफलता मिल्नेछ। स्वास्थ्यमा भने विशेष ध्यान दिन आवश्यक छ। तपाईंको जिद्दी स्वभावका कारण कुनै बन्दै गएको काम पनि बिग्रन सक्छ, सजग रहनुहोला। प्रेम सम्बन्धमा समस्या आउनसक्छ। शारीरिक तथा मानसिक अस्थिरता रहनेछ।

मिथुन राशि 

तपाईंको कुनै पनि काम पूरा हुनको लागि केहि समय लाग्न सक्छ धैर्य राख्नुहोला। अनावश्यक धन खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ, यसको ध्यान राख्नुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ। मित्रव तथा दाजु-भाईको पूरा समर्थन प्राप्त गर्नुहुनेछ। शत्रुको सङ्ख्या बढ्नेछन् तर तपाईं उनीहरुलाई पराजित गर्न सफल हुनुहुनेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ।

कर्कट राशि 

कर्कट राशि हुने मानिसको लागि यो महिना मिश्रित फलदायी साबित हुनेछ। महिनाको सुरुवातमा यात्रा गर्नु शुभ नरहला, त्यसैले, अनावश्यक काममा यात्रा नगर्नुहोला। महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले तपाईंले अरु मा निसलाई प्रभावित पार्न सफल हुनुहुनेछ। महिनाको अन्त्यतिर भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने सम्भावना उच्च रहेको छ।

सिंह राशि 

सिंह राशिका मानिसले यो महिनामा आफ्नो विवेक तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने योग रहेको छ। कार्यक्षेत्रमा तपाईंले सकारात्मक परिणाम प्राप्त गर्नु सक्नुहुनेछ। मित्रहरूबाट सहयोग मिल्नेछ र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। खान-पानमा विशेष ध्यान दिनुहोला, अन्यथा स्वास्थ्यमा समस्या आउनसक्छ।

कन्या राशि 

कन्या राशिका लागि यो महिनामा समग्रमा सकारात्मक रहनेछ। सरकारी क्षेत्रमा रहेका मानिसले विशेष सफलता प्राप्त गर्न सक्नेछन्। कृषि क्षेत्रमा पनि तपाईंले ठूलो फड्को मार्ने सम्भावना छ। आफन्त तथा साथी-भाइबाट शुभ समाचार प्राप्त हुने योग रहेको छ। शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ।

तुला राशि 

जेठ महिना तपाईंको लागि शुभ नै रहनेछ। साथी-भाईबाट पूरा साथ सहयोगका साथै हौसला पनि प्राप्त हुनेछ। रोकिएका कार्यले पनि गति लिनेछ। कार्यक्षेत्रमा केहि समस्या देखिएता पनि छिटै त्यसको समाधान निकाल्न सफल हुनुहुनेछ। महिनाको उत्तरार्धबाट योजना कार्यान्यनमा ढिलाइ गर्नाले हानि हुनसक्छ, यसबारे सजग रहनुहोला। कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ।

वृश्चिक राशि 

यस महिना तपाईं सामाजिक कार्यमा धेरै नै संलग्न हुनुहुनेछ। सहि समयमा निर्णय लिन सकेमा विशेष लाभ मिल्ने सम्भावामा रहेकको छ। प्रेम सम्बन्ध मजबूत हुनेछ। सेयर कारोबारबाट फाइदा हुनेछ। छोटो र रमाईलो यात्राको सम्भावना रहेको छ। शिक्षा क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुनेछ। अनावश्यक खर्च हुने सम्भावना रहेको छ। स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक देखिन्छ।

धनु राशि 

नयाँ कार्य सुरु गर्ने सोचमा हुनहुन्छ भने यो महिना तपाईंको लागि शुभ साबित हुनेछ। आफ्नो क्षमताको पूर्ण उपयोग गरेर कुनै पनि कार्य गर्नु भयो भने तपाईं सफल हुने सम्भावना उच्च रहन्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रमणीय यात्राको सम्भावना रहेको छ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला। धर्म, कर्म तथा सामाजिक काममा रुचि बढ्नेछ।

मकर राशि 

यो महिना राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रो सफलता प्राप्त गर्ने सम्भावना देखिन्छ। घर-जग्गा तथा सम्पत्ति सम्बन्धि मामिलामा सफलता पाउन सक्नुहुनेछ। कृषि क्षेत्रबाट पनि राम्रो प्रतिफल पाउन सकिएला। प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ। अनावश्यक काममा समय खर्च हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्य महिनाभर नै सामान्य रहला।

कुम्भ राशि 

कुम्भ राशिका मानिसले यो महिना मानसिक तनाबको सामना गर्नुपर्ला। स्वास्थ्य प्रति विशेष ख्याल गर्नुहोला। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। आफ्नो योजना गोप्य राखेर कुनै कार्य सुरु गर्नुहोला। कार्यक्षेत्रमा नयाँ जिम्मेवार तथा थप अवसर मिल्नेछन्। राजनीति क्षेत्रमा रहेका मानिसले विशेष सफलता प्राप्त गर्नेछन्।

मीन राशि 

मीन राशिका मानिस यो महिना मांगलिक तथा शुभ कार्यमा संलग्न हुने मौका मिल्नेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। विदेशमा रहेका आफन्त तथा साथी-भाईबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। महिनाको मध्येमा तपाईंको स्वास्थ्यमा समस्या आउनसक्छ। आर्थिक पक्ष कमजोर हुनेछ। विपरीत अर्थ लाग्न सक्छ। यात्रा गर्दा विशेष सावधान रहनुहोला।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१९:३७

आज वैशाख ४ गते मंगलबार कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !