युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहँदा उनले एक यस्तो काम गरेका छन् कि जसले यो चर्चालाई अझ उचाईमा पुर्याएको छ। रोनाल्डोले भर्खरै मात्र टुरिनमा रहेको आफ्नो ग्यारेजबाट आफ्ना सबै गाडीहरु हटाएका छन्।

इटालीमा एक निराशजनक सिजनपछि रोनाल्डोले ओल्ड लेडी छाड्ने चर्चा पछिल्लो समय निकै चलिरहेको छ। उनको नाम म्यानचेस्टर युनाइटेड, पीएसजी तथा स्पोर्टिंग क्लबसँग जोडिदै आएको छ। यसै बीच रोनाल्डोबाट आएको यस्तो संकेतले पूरै फुटबल जगतको ध्यान तानेको छ। यसअघि केहि दिन अघि मात्र रोनाल्डोकी आमाले ५ पटकका ब्यालुन डी ओर विजेता अर्को सिजन पोर्चुगलमा खेल्ने बताएकी थिइन्।

स्पोर्टिंग क्लबले यसै सिजन मात्र १९ वर्षपछि लिग उपाधि जितेपछि एक समर्थकले बनाएको भिडियोमा एभेइरोले भनेकी छिन्,”म इटाली जानेछ र रोनाल्डोसँग कुरा गर्छु। अर्को वर्ष ऊ अलाभाडेमा खेल्नेछ, म उसलाई मनाउनेछु र उ फर्कनेछ।” यस्तोमा अहिले पर सम्प्रे काल्सियोले एक भिडियो प्रकाशित गरेको छ जहाँ तपाईं रोनाल्डोको सुपरकारहरू ट्रकमा लोड गर्रूदै गरेको देख्न सक्नुहुन्छ।
#CR7 trasloca le 7 supercar dal suo garage di Torino via Roclo Cargo, azienda trasporti di Lisbona 🏎️👀
Vuol dire tutto? Vuol dire niente? 🤔
(Video @persemprecalcio) pic.twitter.com/qX9moM93mr— Giacomo Scutiero (@SCUtweet) May 17, 2021
रोनाल्डोको कार लोड गर्दै गरेको ट्रक रोडो कार्गोको रहेको बताइएको छ जुन लिस्बनमा अवस्थित एक प्रख्यात यातायात कम्पनी हो। २०१८ मा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टस आउँदा पनि कारहरु आउनु निकै ठूलो संकेत बनेको थियो। यस्तोमा यो उनले इटाली छाड्ने संकेत हुनसक्छ। के रोनाल्डोले यो सिजनको अन्त्यमा युभेन्टस छाड्ने नै निर्णय गरिसके त ?
