एजेन्सी – यहि जेठ १२ गते बुद्ध जयन्तिका दिन बुधले राशि परिवर्तन गर्दैछ। त्यस दिन बुध वृष राशि छाडेर मिथुन राशिमा प्रवेश गर्नेछ। बुधको राशि परिवर्तनले सम्पूर्ण राशिमा अलग-अलग प्रभाव पार्नेछ।
कुन राशिलाई कस्तो प्रभाव ?
मेष राशि
बुधको गोचर तेस्रो स्थानमा हुँदा मेष राशि हुनेहरुमा आत्म-विश्वास बढ्नेछ। पराक्रम बढ्दा शत्रुहरु सहजै पारजित हुनेछन्। परिवारमा कलहको अन्त्य भएर जानेछ। प्रेम जीवन पनि उत्साहप्रद रहने देखिन्छ।
वृष राशि
बुधको गोचर दोस्रो भावमा हुँदा वृष राशि हुनेहरुको संवाद शैली बलियो भएर जानेछ। बोलिका कारण विभिन्न कामहरु सफल हुनेछन्। सहजै अरुको मन जित्न सफल भइनेछ। साथै धन संचय गर्ने अवसर पनि जुर्न सक्ला।
मिथुन राशि
बुधको गोचर मिथुन राशिमा हुँदा विभिन्न प्रकारका लाभ मिल्नेछन्। शुभ समाचार प्राप्त हुनेछ। टाढा रहेका मित्रजन तथा आफन्तजनबाट उपहार प्राप्त हुने देखिन्छ। आर्थिक रुपमा पनि समय राम्रो रहने देखिन्छ।
कर्कट राशि
बुधको राशि परिवर्तनले कर्कट राशि हुनेहरुको खर्च बढाउने देखिन्छ। अनावश्यक क्षेत्रमा खर्च हुँदा आर्थिक समस्याले सताउने छ। बोलि तथा व्यवहारमा नियन्त्रण आवश्यक रहला। सकेसम्म यात्रा नगरेकै उचित हुने देखिन्छ।
सिंह राशि
बुधको राशि परिवर्तनसँगै सिंह राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुन थाल्नेछन्। विभिन्न श्रोतबाट आर्थिक लाभ मिल्नेछन्। पहिला देखि अड्किएका कार्य सुचारु हुनेछन्। पारिवारिक माहोल पनि उल्लासमय रहने देखिन्छ।
कन्या राशि
बुध गोचर स्वास्थ्यको हिसाबले कन्या राशि हुनेहरुका लागि खासै राम्रो नरहेपनि आर्थिक रुपमा भने राम्रै सावित हुने देखिन्छ। कार्यक्षेत्रका सबैको साथ मिल्द महत्वपूर्ण कार्य सम्पन्न हुने योग रहनेछ। मान-सम्मान पनि प्राप्त हुन सक्ला।
तुला राशि
बुधको राशि परिवर्तन पश्चात तुला राशि हुनेहरुको जीवनमा उर्जा थप हुने देखिन्छ। सामाजिक कार्यमा रूची बढ्नेछ भने धर्म-कर्ममा पनि मन जानेछ। अरुको कल्याणमा समय व्यतित हुनेछ। धेरै समय देखि भेट नभएका मित्रसँग भेट हुने योग पनि देखिन्छ।
वृश्चिक राशि
बुधको गोचर वृश्चिक राशि हुनेहरुका लागि खासै लाभप्रद रहने देखिँदैन। जीवनमा समस्या थापिनेछ्न्। अनावश्यक विवाद देखि टाढा रहनुहोला। सकेसम्म बोलिमा नियन्त्रण राखेकै उचित हुने देखिन्छ। आर्थिक क्षति हुने सम्भवना पनि छ।
धनु राशि
सप्तम भावमा हुने बुधको गोचर धनु राशि हुनेहरुलाई शुभ हुने देखिन्छ। आर्थिक रुपमा मात्र नभई सामाजिक र पारिवारिक रुपमा पनि विभिन्न प्रकारका लाभहरु मिल्नेछन्। स्वास्थ्यमा पनि सुधार आउनेछ। विधार्थीहरुलाई पनि सफलता मिल्ने देखिन्छ।
मकर राशि
बुधको गोचर सँगै मिथुन राशि हुनेहरुको जीवनमा दुख बढ्ने देखिन्छ। शत्रुहरु सक्रिय हुँदा कष्ट बढ्न सक्ला। षड्यन्त्रमा सहजै फस्दा लज्जित हुनुपर्नेछ। स्वास्थ्यमा पनि खराबी देखिन सक्ने देखिन्छ। सकेसम्म यात्रा पनि नगरेकै राम्रो होला ।
कुम्भ राशि
बुधको गोचरले सबै भन्दा बढी फाइदा प्रेम जीवनलाई पुर्याउनेछ भने पारिवारिक रुपमा पनि माहोल उल्लासमय रहने देखिन्छ। कलाकार, खेलाडी तथा विद्यार्थीहरुलाई सफलता नै सफलता मिल्नेछ। पहिला गरिएका लगानीहरुले प्रतिफल दिन शुरु गर्नेछन्।
मीन राशि
बुधको गोचर मीन राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। आर्थिक लाभ मनग्गे भएपनि परिवारका सदस्यको स्वास्थ्यमा खर्च हुँदा आर्थिक अभाव बढ्नेछ। कानुनी रुपमा पनि समस्या बढ्न सक्ला। शिक्षाको क्षेत्रमा भने सफलता हातलागी हुने देखिन्छ।