एजेन्सी – इंगलिस प्रिमियर लिग लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जारी सिजनको शिर्ष चारमा पर्ने सके त्यो भन्दा ठूलो उपलब्धि केहि पनि नहुने बताएका छन्।
लिगका दुई खेल मात्र बाँकि रहेको अवस्थामा क्लोपले एक मिडियासँग कुराकानी गर्नेक्रममा शिर्ष चारमा पर्न सके त्यो धेरै ठूलो उपलब्धि हुने बताएका हुन्।
स्काई स्पोर्ट्ससँग कुराकानी गर्दे क्लोपले शिर्ष चारमा पर्ने सम्भावना जिवितै रहेको र त्यस्तो हुन सकेको खण्डमा आफूहरु धेरै खुशी हुने बताए। उनले भने,”गज्जब, धेरै नै गज्जब। शिर्ष चारमा पर्न सके त्यो भन्दा ठूलो उपलब्धि केहि पनि हुने छैन।”
क्लबले भने जस्तो प्रदर्शन गर्न नसकेको अवस्थामा शिर्ष चार पर्नुलाई सामान्य उपलब्धि मान्न नहुने उनको भनाई छ। वर्षभरि भएका विभिन्न घटनाहरुले आफूहरुलाई दुई खेल कुर्नुपर्ने अवस्थामा ल्याएर उभ्याइदिएको उनले बताए। क्लोपले भने,”यस वर्ष जे जस्तो भए पनि हाम्रो गन्तव्य भेट्टाउन बाँकी रहेका दुई खेलहरू महत्वपूर्ण हुनेछ।”
गत सिजनको च्याम्पियन लिभरपुल शिर्ष चारमा पर्न सङ्घर्षरत छ। खेलाडी घाइते हुने शृंखलाबाट लय गुमाउन पुगेका कारण लिभरपुल अहिले लिगको पाँचौं स्थानमा छ। उसले ३६ खेलबाट ६३ जोडेको छ। लिभरपुल भन्दा अगाडी चेल्सी र लेस्टर सिटि क्रमश ६४ र ६५ अंक सहित चौंथो र तेस्रो स्थानमा छन् । लिभरपुल शिर्ष ४ मा पर्न अन्य क्लबको प्रदर्शनमा पनि भर पर्नुपर्नेछ।

