एम्बाप्पे ट्रान्सफर समीकरणमा जोडिए लेवान्डोव्स्की ! के यस्तो सम्भव होला त ?

एजेन्सी – ट्रान्सफर विन्डो नजिकिँदै गर्दा ट्रान्सफर बजार अहिले देखि नै तातिन थालेको छ। अहिले विभिन्न क्लबहरु बिक्रि गर्न चाहेका र खरिद गर्न चाहेका खेलाडीहरुको सूची बनाउनमा व्यस्त छन्।

ट्रान्सफर बजारमा अहिले सबै भन्दा बढी चर्चा यदि कसैको छ भने ती पेरिस सेन्ट जर्मेन(पीएसजी)का किलियन एम्बाप्प्पे हुन्। पीएसजीले एम्बाप्पेलाई बिक्रि गर्न नचाहेको भएपनि एम्बाप्पे आफैं भने क्लब छाड्ने योजनामा रहेको बताइन्छ।

एम्बाप्पे माथि युरोपका धेरै क्लबको नजर छ। एम्बाप्पेलाई रियल म्याड्रिड, म्यानचेस्टर सिटि, लिभरपुल जस्ता क्लबहरुले प्राथमिकतामा राखेको अवस्था छ।

यति बेला पीएसजी पनि एम्बाप्प्पे गएको खण्डमा कसलाई ल्याउने भन्ने विषयमा छलफल गरिरहेको खबर आएको छ। फ्रान्सबाट प्रकाशित हुने एक मूख्य पत्रिकाका अनुसार पीएसजीले एम्बाप्पेले क्लब छाडेको खण्डमा उनको स्थानमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोव्स्कीलाई ल्याउने योजना बनाएको छ।

लेवान्डोव्स्कीलाई क्लबमा ल्याएर आक्रमण पङ्गति बलियो बनाउने विषयमा पीएसजी भित्र छलफल चलिरहेको उक्त पत्रिकाले जनाएको छ। त्यसको लागि हाल पीएसजी एम्बाप्पेको निर्णय कुरिरहेको छ।

बुन्डेस्लिगामा वर्षौं देखि उत्कृष्ट प्रदर्शन गरिरहेका लेवान्डोव्स्की पनि अहिले युरोपका धेरै क्लबहरुको नजरमा छन्। बायर्न आफैंले पनि उनलाई बिक्रि गर्ने नगर्ने विषयमा कुनै नगरेका कारण पीएसजीको उक्त योजना कति सम्म सफल हुन्छ भन्ने कुरा समयले नै बताउनेछ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१६:१५

युरोपियन गोल्डेन बुट दौडको शिर्ष सूचीमा एमबाप्पे र हलाण्ड पनि ! अन्य को-को ? [सूची सहित]