एजेन्सी – युरोपियन क्लब फुटबलको जारी सिजन सकिने संघारमा छ । युरोपका शीर्ष पाँच स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा अब अन्तिम चरणको खेल बाँकी छ । इंग्लिस प्रिमियर लिगमा भने २ चरणको खेेेेल बाँँकी ।
गत सिजन भन्दा फरक यो सिजन पनि युरोपियन गोल्डेन बुटको लागि खेलाडीहरुको प्रतिस्पर्धा खासै चर्को छैन । शीर्ष ५ लिगका टोलीको एक गोलको २ अंक र शीर्ष ५ बाहिरको टोलीको गोललाई १.५ अंक दिइने गरिन्छ ।
यो सिजनको गोल्डेन बुटका लागि सबैभन्दा अघि जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अघि देखिएका छन् । उनले यो सिजन ४० गोलको आँकडा पार गरेका छन् ।
गत सिजनको विजेता सिरो इमोविले यो सिजनको गोल्डेन बुटको दौडमा रहेका छैनन् । क्याटलान क्लबका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो र पीएसजीका केलियन एमबाप्पे, रियल म्याड्रिडका करिम बेन्जेमासँगै डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड पनि गोल्डेन बुटको दौडमा अघि छन् ।
यहाँ शीर्ष १५ खेलाडीलाई उतारेका छौं ।
- १५. कास्पर जुनकर (बोडो/ग्लिम्ट) ४०.५ अंक – २७ गोल
- १४. डुसान भ्लाहोभिक (फियोरेन्टिना) ४२ अंक – २१ गोल
- १३. पल ओनुआचु (जिन्क) ४३.५ अंक –२९ गोल
- १२. लुइस मुरिएल (एटलान्टा) ४४ अंक –२२ गोल
- ११. मोहम्मद सलाह (लिभरपुल) ४४ अंक – २२ गोल
- १०. ह्यारी केन (टोटेनहम) ४४ अंक –२२ गोल
- ९. करिम बेन्जेमा (रियल म्याड्रिड) ४४ अंक –२२ गोल
- ८. रोमेलु लुकाकु (इन्टर मिलान) ४६ अंक – २३ गोल
- ७. जेरार्ड मोरेनो (भिल्लारियल) ४६ अंक –२३ गोल
- ६. एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड) ५० अंक – २५ गोल
- ५. केलियन एमबाप्पे (पीएसजी) ५२ अंक – २६ गोल
- ४. आन्द्रे सिल्भा (फ्रान्कफुर्ट) ५४ अंक –२७ गोल
- ३ क्रिस्टियानो रोनाल्डो (युभेन्टस) ५८ अंक – २९ गोल
- २. लियोनेल मेस्सी (बार्सिलोना) ६० अंक – ३० गोल
- १. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख) ८० अंक – ४० गोल

