मंगलबार आठ हजार भन्दा धेरैमा कोरोना देखियो, १९६ को मृत्यु !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टीजिन परिक्षण गर्दा  कुल ८ हजार २०३ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ लाख ७२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १९६ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ५ हजार ४११ पुगेको छ ।

यस दिन मुलुकभर ६ हजार ८९१ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ। अहिले नेपालमा १ लाख १४ हजार ५२९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र ३ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा २ हजार ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१७:४७

अब नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन, परीक्षण सफल !