चेल्सी भर्सेस लेस्टर: एफए कप फाइनलमा भोगेको हारको बदला लिने दाउमा चेल्सी !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्ष चारको दौडमा रहेका चेल्सी र लेस्टर सिटीबीच पनि खेल हुनेछ । खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ बजे हुनेछ ।

घरेलु मैदानमा चेल्सी लेस्टरलाई हराउँदै शीर्ष चारको यात्रा बलियो पार्ने लक्ष्यमा हुनेछ । लेस्टरलाई हराउन सके चेल्सीले लेस्टरलाई नै पछि पार्दे तेस्रो स्थानमा उक्लनेछ । बराबरी या हारले दुवै टोली यथास्थानमा नै रहनेछन् । अर्काे सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनको लागि पनि दुवै टोलीलाई जितको खाँचो छ । यस खेलमा जित हात पार्ने टोलीले शीर्ष चारमा स्थान पक्का गर्नेछ ।

चेल्सी अघिल्लो साता एफए कपको फाइनलमा भोगेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग काई हाभर्टज, मासन माउन्ट, क्रिस्टियन पुलिसिस, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, रिस जेम्स, एन्टेनियो रुडिगर, सिसर एज्पिलिक्वेटा, थियागो सिल्भा र गोलक्षक इडुआर्ड मेन्डी टोलीमा रहेका छन् ।

चेल्सीले हार बेहोरेको दुई खेल (आर्सनल र लेस्टर सिटी) विरुद्धको खेलमा विश्राम पाएका पहिलो रोजाईका गोलरक्षक मेन्डीलाई प्रशिक्षक थोमस टुचेलले पहिलो रोजाईमा खेलाउने सम्भावना छ । मेन्डीले गत मे ८ मा शीर्षस्थानको म्यानचेस्टर सिटीलाई हराएपछि टोली बाहिर रहेका थिए । यस्तै टोलीसँग कलुम हड्सन ओडोई, ओलिभर जिरुउड र हाकिम जियाच पनि टोलीमा रहेका छन् । पछिल्लो दुई खेलमा हार बेहोरेका कारण टोलीलाई जित निकाल्नुपर्ने दवाव छ ।

यस्तै लेस्टर पनि दुई दिन अघि एफए कपको पाएको जितलाई निरन्तरता दिदै शीर्ष चारमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग जेमी भार्डी, केलिची इहेनाचो, जेम्स म्याडिसन, लुके थोमस, युरी टिलेमान्स, विलफ्रेड एनडिडि, मार्क अल्ब्राइटन, वेस्ले फोफाना, काग्लर सोयन्कु, टिमोथी कास्टाग्ने र गोलरक्षक कास्पर टोलीमा रहेका छन् ।

यस्तै जोनी इभान्स, वेस मोर्गन, एयोजी पेरेज र हम्जा चौधरी पनि टोलीमा रहेका छन् । तेस्रो स्थानको रहेको लेस्टरको ६६ तथा चौथो स्थानमा रहेको चेल्सीको ६४ अंक छ । यि दुई टोलीको पछिल्लो १८ भेटमा चेल्सी ९ खेलमा विजयी भएको छ । ४ खेल लेस्टरले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१९:१४

एक-अर्काका प्रतिद्वन्दि भएका दुई मित्र मेस्सी र सुआरेज बीच भेटघाट, सँगै खाजा खाए !