एजेन्सी – लुइस सुआरेज बार्सिलोनामा रहँदा लियोनेल मेस्सीसँग उनको सम्बन्ध विशेष रह्यो। दुवैले क्लबका लागि महत्वपूर्ण योगदान दिए। मेस्सी र सुआरेजले बार्सिलोनालाई लालिगा देखि च्याम्पियन्स लिग ट्रफी सम्म दिलाए। तर, यस सिजनको शुरुवात मेस्सी र सुआरेज छुट्टिन बाध्य भए। लय गुमाएको र प्रदर्शनमा ह्रास आएको भन्दै बार्सिलोनाले सुआरेजलाई एथ्लेटिको म्याड्रिड पठाइदियो।
अपमानजनक ढंगले एथ्लेटिको पठाइएका तिनै सुआरेज अहिले एथ्लेटिकोलाई लालिगा उपाधि नजिक डोर्याइरहेका छन्। एथ्लेटिको लालिगा उपाधि जित्नबाट केहि कदम मात्र टाढा छ। यधपी एथ्लेटिको लालिगा जित्न त्यति सजिलो भने छैन।
सुआरेज एथ्लेटिको पुगेपनि उनको मेस्सीसँगको सम्बन्धमा कुनै पनि परिवर्तन भएको छैन। सुआरेज र मेस्सी अझै पनि पहिला जस्तै नजिक छन्। दुवैले विभिन्न अवसरहरुमा आफूहरुको सम्बन्धमा कुनै परिवर्तन नभएको बताइसकेका छन्। मेस्सी र सुआरेज पारिवारिक रुपमा पनि निक छन्।
दुवैलाई विभिन्न अवसरहरुमा सँग-सँगै देख्ने गरिएको छ। हालसालै मेस्सी र सुआरेज एक होटलमा स्पट भएका छन्। स्पेनिस मिडिया मार्काका अनुसार मेस्सी र सुआरेजले म्याड्रिडको एक होटलमा सँगै खाजा खाएको जनाएको छ।
मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिनै लाग्दा दुई बीच भएको भेटघाटलाई महत्वपूर्ण मानिएको छ। धेरैले दुई बीच भविष्यलाई लिएर छलफल भएको अनुमान गरेका छन्।

