काठमाडौँ, जेठ ५ । आज बिहान फेरी दोस्रो पटक काठमाडौ लगायतका आसपासका अन्य भागमा भूकम्पको कडा धक्का महसुस भएको छ ।
आज बिहान करिब ५ बजेर ४२ मिनेटमा भूकम्पको धक्का गएको थियो भने फेरी ८ बजेर २६ मिनेटमा दोस्रो पटक भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार पछिल्लो भुकम्प ५.३ म्याग्निच्यूडको गएको हो।
दुबै पटक लमजुङको भुलभुले आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो । लमजुङमा बिहानदेखि लगातार पराकम्प गइराखेको गइराखेको बताइएको छ। पहिलो पटकको भुकम्प ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार बिहान काठमाडौँसहित छिमेकी जिल्ला तनहुँ, लमजुङ, गोरखा, कास्की, मनाङ, चितवन, धादिङ समेत केहि जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । बिहानको भूकम्पबाट ३ घरमा क्षति हुँदा एकजना व्यक्ति घाइते भएको छ ।
भुकम्पको धक्कापछि केही मानिसहरु घरबाहिर निस्किएका थिए ।

