आज बिहानको भूकम्पमा ५ जना घाइते, भत्कियो १० घर!

काठमाडौँ,  जेठ ५ । आज बिहान गएको  भूकम्पमा परि ५  जना घाइते भएका छन् । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर  गएको भुकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा ३  जना र मर्स्याङ्दी गाउँपालिकामा २  जना घाइते भएको हो। घाइतेहरु सबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पले अहिलेसम्म १०  घर भत्किएको विवरण प्राप्त भएको छ ।

लमजुङमा बिहानदेखि लगातार पराकम्प गइराखेको गइराखेको बताइएको छ। दोस्रो पटक काठमाडौ‌ लगायतका  आसपासका अन्य भागमा  भूकम्पको कडा धक्का महसुस भएको हो  । आज  बिहान करिब ५  बजेर ४२  मिनेटमा भूकम्पको धक्का गएको  थियो भने फेरी ८ बजेर २६ मिनेटमा दोस्रो पटक भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार पछिल्लो भुकम्प ५.३ म्याग्निच्यूडको गएको हो।

दुबै  पटक लमजुङको भुलभुले आसपास केन्द्र बिन्दु  बनाएर भूकम्प गएको हो । पहिलो पटकको भुकम्प ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान काठमाडौँसहित छिमेकी जिल्ला तनहुँ, लमजुङ, गोरखा, कास्की, मनाङ, चितवन, धादिङ समेत केहि जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । बिहानको भूकम्पबाट ३  घरमा क्षति हुँदा एकजना व्यक्ति घाइते भएको  छ ।

भुकम्पको धक्कापछि केही मानिसहरु घरबाहिर  निस्किएका थिए ।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८०९:१२

एक महिला घरभित्रै मृतावस्थामा फेला, एक युवक प्रहरी नियन्त्रणमा!