पछिल्ला केहि वर्षमा बार्सिलोनाले निकै फितलो प्रदर्शन गर्दै आएको छ। गत दुई सिजनमा एक कोपा डेल रे उपाधि मात्र उचाल्न सफल भएको क्लबले आउने सिजनका लागि भने नयाँ अध्यक्षका साथ प्रतिस्पर्धात्मक टोली तयार गर्ने बुझिएको छ। जसको कारण सिजनको अन्तिममा बार्सिलोनामा उथलपुथल देख्ने सम्भावना रहेको छ।

स्पेनका केहि रिपोर्टका अनुसार बार्सिलोनाले आउँदो सामर ट्रान्सफर विन्डोमा १४ जनासम्म खेलाडी बेच्ने तयारी गरिरहेको छ। उच्च पारिश्रमिक बिल कम गर्न र नयाँ अनुबन्धको लागि बजेट जुटाउन क्लबले यस्तो तयारी सुरु गरेको हो। मुन्डो डिपार्टिभोका अनुसार क्याटालान क्लबले सिजनको लागि टिम “पुनर्निर्माण” सुरु गर्ने तयारी गरिरहेको छ।

क्लबमा मुख्य प्रशिक्षक रोनाल्ड कोमन तथा कप्तान लियोनल मेस्सी दुबैको भविष्य अनिश्चित रहेको समयमा क्लबको आर्थिक स्थितिमा सुधार ल्याउनको लागि क्लबले १४ जना खेलाडीको सूची तयार पारेको जसलाई यदि अनुकूल प्रस्ताव आएमा बेच्न पछि हट्ने छैन। नेटो, सामुएल अम्टिटि, जुनियर फिर्पो, म्याथ्युज फर्नान्डेज, मार्टिन ब्र्याथवेट, मिरालेम पिजानिक र पिलिपे कौटिन्हो जस्ता खेलाडी उच्च प्रोफाइल खेलाडी पनि उक्त सूचीमा रहेका छन्।
https://twitter.com/HagridFCB/status/1393097097663205380?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1393097097663205380%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-barcelona-set-to-offload-14-players-in-mass-summer-clear-out-20210514
एर्लिंग हालाण्ड, सर्जियो अगुएरो, जिनी विनाल्डम, मेम्फिस डेपे जस्ता खेलाडी भित्र्याउने प्रयासमा रहेको बार्सिलोनाले म्यानचेस्टर सिटीका युवा डिफेन्डर एरिक गार्सियासँग भने सम्झौता गर्ने पक्का जस्तै भइसकेको छ।

टिम पुननिर्माणका साथै क्लबको अर्को मुख्य चुनौती कप्तान लियोनल मेस्सीको सम्झौता नवीकरण गराउनु पनि हुनेछ।

