कोरोना महामारीमा सबैको मुहारमा मुस्कान लेराउन सक्छ यस बच्चाको यस्तो प्यारो कामले !

सामाजिक सञ्जालमा निकै चर्चित भइरहेको यो सुन्दर तस्बीरले सबैको मन जितेको छ। अहिले कोरोना महामारीले करोडौं मानिस त्रसित छन् र उनीहरुको अनुहारबाट खुसी भन्ने चीज गायब भएको छ। तर यो समयमा पनि एक यस्ता आमा छोरा छन् जसले हरेक मानिसको मुहारमा मुस्कान आउनसक्छ। एक महिला कोरोना संक्रमितको लागि खाना बनाउने गर्छिन् र उनका छोरा उनका खानाको प्याकिंगमा ‘खुसी रहनु’ भनेर लेख्छन्।

यो तस्बीर सामाजिक सञ्जाल भाइरल भएपछि कतिपय प्रयोगकर्ताहरूले यस बच्चालाई ‘लिटिल एन्जेल’ पनि भन्ने गरेका छन्। यो सुन्दर तस्बीर ट्विटर प्रयोगकर्ताले @ manishsarangal1 द्वारा साझा गरिएको थियो। उनले क्याम्सनमा लेखेका छन्,”यस बच्चाकी आमा कोभिड बिरामीहरूको लागि खाना पकाउँछिन् र यो बच्चा खानाको सबै प्याकमा लेख्छन्, ‘खुसी रहनुहोस्’।”

त्यस्तै, अर्का ट्विटर प्रयोगकर्ता @ vaidya_11 का अनुसार, “यस बच्चाकी आमा महिला अस्पतालमा भर्ती गर्भवती महिलाहरूको लागि पौष्टिक आहार बनाउँछिन् र यी बच्चा खानाको प्याकमा खुसी रहनु भनेर लेख्छन्।”

यस बच्चाको नाम अद्विक हो, जो कोभिड राहत ब्रिगेडको सबैभन्दा कान्छा स्वयंसेवक हुन्। उनको आमा रिचा शर्मा महिला अस्पतालमा भर्ना गर्भवती महिलाहरूको लागि पौष्टिक आहार तयार गर्ने गर्छिन्।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८१५:४८

अक्सिजन नभएर त्राही-त्राही, पिपलको रुखमै बिताउन थाले दिन !