अक्सिजन नभएर त्राही-त्राही, पिपलको रुखमै बिताउन थाले दिन !

एजेन्सी – कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट भारतले ठूलो क्षति व्यहोरिरहेको छ। भारतका विभिन्न ठाउँहरुमा अक्सिजन अभावका कारण हजारौंले ज्यान गुमाइरहेको अवस्था छ।

भारतमा अहिले दैनिक ४ हजार भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ। पछिल्लो तथ्यांकका अनुसार भारतमा अहिले सम्म लगभग २ करोड ५५ लाख कोरोना संक्रमित फेला परिसकेका छन् भने २ लाख ८३ हजार भन्दा बढी संक्रमितको ज्यान गइसकेको छ।

अक्सिजनको चरम अभाव भएपछि भारतमा त्राही-त्राहीको माहोल छ। शरीरमा अक्सिजनको कमी नहोस् भन्नका लागि भारतमा मानिसहरु विभिन्न उप्पय हरु अपनाइरहेका छन्।

`

पछिल्ला खबरहरुका अनुसार अक्सिजनको कमी नहोस् भन्नका लागि मानिसहरु पिपलको रुखमा समेत बस्न थालेका छन्। भारत मध्यप्रदेशको हटस्पट बनेको इंदौरमा एक वृद्धले अक्सिजनका लागि अपनाएको उपाय यति बेला सामाजिक संजालमा भाइरल छ।

भारतीय संचार माध्यमहरुका अनुसार इंदौरका राजेन्द्र पाटीदार अक्सिजनका लागि पिपलको रुखमै दिन व्यक्ति गर्ने गरेका छन्। उनी बिहान देखि बेलुका सम्म घर नजिकै रहेको पिपलको रुखमा बस्ने गरेका छन्।

रुखमा बस्नको लागि उनले छुट्टै एक कुर्सिको व्यवस्था पनि गरेका छन्। शरीरमा अक्सिजनको कमी नहोस् भन्नका लागि आफू पिपलको रुखमा बस्ने गरेको उनी बताउँछन्। राजेन्द्रका अनुसार उनी पिपलकै रुखमा बसेर योगा पनि गर्छन्।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८१६:४५

दब्रे खुट्टामा समस्या लिएर पुगेका थिए अस्पताल, तर डाक्टरले दाइने खुट्टा काटिदिए; गयो दुबै खुट्टा !