कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु !

काठमाण्डाै – बुधबार देशभर कोरोना संक्रमणको कारण अहिलेसम्म कै सबैभन्दा धेरै २ सय ४६ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा कुल २४६ जनाको ज्यान गएको जनाएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ५ हजार ६५७ जनाको मृ-त्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ लाख ८० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस दिन मुलुकभर ७ हजार ९८९ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३ लाख ६० हजार ४०३ पुगेको छ। अहिले नेपालमा १ लाख १४ हजार ६०४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र २ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार ९८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २७० र भक्तपुरमा २२८ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८१६:४७

चिनियाँ यानले पठायो मङ्गल ग्रहमा खिचिएका तस्बीर ! हेर्नुहोस् तस्विर सहित