प्रति नेपाली ऋणदर बढ्यो : हरेक नेपालीको थाप्लोमा ३९,३१६ रुपैयाँ ऋण

काठमाडौं । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा सरकारको ऋण १३।६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०४:०८

साहुको ऋण तिर्न नसक्दा गरिबको टहरोमा डोजर चल्यो, परिवारको बिचल्ली !