लिभरपुल चौथो स्थानमा उक्लियो, लेष्टर सिटी चिप्लियो !

एजेन्सी – लिभरपुल इंग्लीश प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बर्नलीमाथि जित हात पार्दै लिभरपुलले चौथो स्थानमा उक्लिएको हो।

बर्नलीलाई सहज रुपमा पाखा लगाएपछि लिभरपुलले लेष्टर सिटीलाई उछिन्दै चौंथो स्थानमा आफ्नो ठाउँ बनायो। लिभरपुलको जितसँगै लेष्टर सिटी पाँचौं स्थानमा झरेको छ । लिभरपुल र लेष्टर सिटी दुबैले समान ३७ खेलबाट ६६ अङ्क जोडेको भएपनि गोल अन्तरको आधारमा लिभरपुलले लेष्टरपछि पारेको हो।

लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, नाथानिल फिलिप्स र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । ४३औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रिउ रोबर्टसनको पासमा उनले गोल गरेका थिए । ५२औ मिनेटमा साडियो मानेको पासमा नाथालिन फिलिप्सले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ८८औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्दै लिभरपुलाई ३–० को सहज जित दिलाए ।

लिभरपुलले अन्तिम खेलमा क्रिष्टल पैलेसको सामना गर्नेछ । उक्त खेलमा जित हात पार्न सकेको खण्डमा लिभरपुल चौथो स्थानमा यथावत रहँदै च्याम्पियन्स लिगका लागि छनौट हुनेछ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८०८:५९

रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरिसके, कता जालान् ?