काठमाडौँ, जेठ ६ । अहिले देशैभरका अधिकांश जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भइरहेको छ । कोभिड-१९ को दोस्रो लहरमा नेपालमा दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
लकडाउनले गर्दा थुप्रै व्यापार तथा व्यवसाय ठप्प भैरहेको छ। त्यस्तै नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको छ। त्यस्तै कोरोनाको यस्तो महामारीबीच चलचित्र क्षेत्रमा हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) भने सामाजिक संजालमार्फत रमाइलो उटपट्याङ गरेर सबैलाई खुसि बनाउने प्रयास गरिरहेका छन्। उनि पछिल्लो समय सामाजिक संजालमा निकै एक्टिभ रहदै आएका छन्।

माग्ने बुढा कहिले आफ्नी श्रीमती सिता घिमिरसंग फेसबुकमा लाइभ आएर गित गएर मनोरंजन दिन्छन भने कहिले तस्विर शेयर गरेर हसाउने प्रयास गरिरहेका छन्। त्यस्तै बुधबार बिहानै काठमाडौँ सहित केहि जिल्लामा भुकम्प गएपछि माग्ने बुढाले आफ्नो एक तस्विर शेयर गरेका थिए, जुन सामाजिक संजालमा निकै भाइरल बन्यो। उनले तस्विर शेयर गर्दै लेखेका थिए, “बाहिर जाउँ कोरोना ! भित्र जाउँ भुईचालो ! एउटा खुट्टा बाहिर,अर्को खुट्टा भित्र राखेर बाच्नु पर्या छ ।”
उनको यो तस्विरमा थुप्रै मिक्स कमेन्ट आएको थियो जसमा कलाकार हरिश निरौला (कक्रोज) को कमेन्टले स्थान पायो। जसमा उनले लेखेका छन्, ‘बरु भुइचालो आवोस कोरोना आवोस तर गेट नलागोस, मेरो दाई बाच्नु पर्छ।’

त्यस्तै बिहिबार पनि माग्ने बुढाले एक तस्विर शेयर गरेका छन्। जसमा उनि लेख्छन्, ‘हामी आफै मेहनती ईमान्दार लगनशील भएर स्वास्थ्यको ख्याल गरौं, नत्र भोलि अरूले नै मेहनती ईमान्दार लगनशील मृदुभाषी भनेर फोटो पोष्ट गर्छन् – माग्ने काका।’

