अन्तराष्ट्रिय जर्सीमा नदेखिने भए मिस्टर. ३६० एबी. डी ,सन्यास फिर्ता नलिने पक्का !

साउथ अफ्रिकाका पूर्व कप्तान एबी. डी भिलियर्सले सन्यास फिर्ता नलिने भएका छन्। मे २०१८ मा सबै प्रकारका अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका डी भिलियर्स आउँदो संस्करणको टी-२० विश्वकपका लागि राष्ट्रिय टोलीमा फर्किने चर्चा चल्दै आएको छ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले आफ्ना पूर्व स्टार क्रिकेटरले सन्यास फिर्ता नलिने पक्का भएको जानकारी दिएको छ। डी भिलियर्सले २०१८ मा आफूले क्रिकेटको कारण परिवारलाई पर्याप्त समय दिन नसकेको भन्दै अन्तराष्ट्रिय स्तरबाट सन्यास लिने घोषणा गरेका थिए। अन्तराष्ट्रिय स्तरबाट सन्यास लिएका उनी विश्वभर फ्रानचाइज क्रिकेट भने खेलिरहेका छन्।

उनी पछिल्लो महिनासम्म इन्डियामा रोयल च्यालेनजर्स ब्यांगलोरका लागि इन्डियन प्रिमियर लिगमा भाग लिइरहेका थिए। तर कोरोना महामारीको दोस्रो लहरले उर्ग रुप लिएपछि उक्त प्रतियोगिता अनिश्चित समयको लागि स्थगित भएको छ। आइपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको कारण नै एबीलाई टिममा बोलाउनका लागि प्रयास गर्ने दक्षिण अफ्रिकी क्रिकेट टिमका प्रशिक्षक मार्क बाउचरले बताएका थिए।

डी भिलियर्सले पनि केहि समय अगाडी आफू;लाई राष्ट्रिय टोलीको लागि प्रदर्शन गर्न मन रहेको समेत बताएका थिए। तर अब भने त्यसको कुनै सम्भावना नरहेको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले बताएको छ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१२:०१

कोरोनाले सबै गोलकिपर बाहिरएपछि किपर बनेर उत्रिए चोटग्रस्त अर्जेन्टिनी मिडफिल्डर, पाए ‘म्यान अफ द म्याच’