क्रिस्टियानो रोनाल्डोले बनाए अर्को कीर्तिमान

एजेन्सी – युभेन्टस कोप्पा इटालिया च्याम्पियन बनेको छ। बुधबार राति भएको खेलमा एटलान्टालाई २-१ ले पराजित गर्दै युभेन्टसले कोप्पा इटालिया जितेको हो।

युभेन्टसले कोप्पा इटालिया जितेको यो १४ औं पटक रहेको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा युभेन्टसलाई जिताउनेक्रममा डेजान कुलुसेभ्सकी र फेडेरिको किएजाले गोल गरे।

खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीले पेनाल्टी क्षेत्रभित्र एटलान्टाका डिफेन्डरले बल क्लियर गर्न नसकेको अवस्थामा वेस्टन मकेनीले खोसेको बललाई गोलमा परिणत गरेका थिए।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा एटलान्टाका रुस्लान मालिनोभ्स्कीले बराबरी गोल फर्काएका थिए। तर, ७३ औं मिनेटमा फेडेरिको किएजाले गरेको गोल निर्णय बन्न पुग्यो।

रोनाल्डोको किर्तिमान

युभेन्टस कोप्पा इटालिया च्याम्पियन बनेसँगै रोनाल्डोले नयाँ किर्तिमान बनाएका छन्। क्रिस्टियानो रोनाल्डो युरोपियन फुटबलमा शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी बनेका हुन्।

यस अगाडी इंग्लिश क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिश क्लब रियल मड्रिडबाट घरेलु लिग र लिग कपको उपाधि जितिसकेका रोनाल्डोले बुधबारको सफलता सँगै नयाँ रेकर्ड बनाए।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१६:२०

मेस्सी बार्सिलोनामै रहनेमा अगुएरो ढुक्क, २ वर्षे सम्झौता हुँदै !