मेस्सी बार्सिलोनामै रहनेमा अगुएरो ढुक्क, २ वर्षे सम्झौता हुँदै !

एजेन्सी – बार्सिलोना म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोसँग सम्झौता गर्ने अम्तिम चरणमा पुगको खबर आएको छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार अगुएरो आउने ट्रान्सफर विन्डोमै अगुएरो बार्सिलोना जानेछन्।

बार्सिलोना जानको लागि अगुएरोले पारिश्रमिक कटौती गर्न समेत तयार भएको खबर छ। अगुएरोले बार्सिलोनासँग दुई वर्ष सम्मका लागि सम्झौता गर्न लागेको बताइएको छ। अगुएरो वार्षिक ५ मिलियन युरो पारिश्रमिकमा बार्सिलोना जान लागेको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

मेस्सी बार्सिलोनामै रहनेमा ढुक्क अगुएरो

एक श्रोतका अनुसार अगुएरो मेस्सी बर्सिलोमामै रहनेमा ढुक्क छन्। उनलाई मेस्सी बार्सिलोनामै रहने भनेर भनिएको छ। क्लबले उनलाई विश्वास दिलाएको छ कि कुनै पनि हालतमा मेस्सीलाई क्लबमै अड्याइने छ। पछिल्लो समय सिटीको टोलीमा पर्न संघर्षरत रहेका अगुएरो बार्सिलोना आए मेस्सीसँग उनको राम्रो तालमेल हुने अनुमान गरिएको छ।

बार्सिलोनामा ठूलो परिवर्तन

बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोआन लापोर्टाले क्लबमा ठूलो परिवर्तन हुन लागेको संकेत गरिसकेका छन्। केहि दिन अगाडी मात्र लापोर्टाले क्लबका लागि महत्वपूर्ण निर्णय लिने तयारी भैरहेको बताएका थिए।

मेस्सीलाई क्लबमा अड्याउन लापोर्टाले विभिन्न निर्णयहरु लिन लागेको अनुमान धेरैको छ। क्लबका केहि खेलाडीहरु बेचेर अन्य खेलाडीहरु ल्याई क्लबलाई बलियो बनाउने उनको योजना छ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१९:०४

आखिर किन राकिटिकले मेस्सीलाई भिडियो गेम क्यारेक्टर भने ?