युरोकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको बलियो टोली घोषणा ! को-को परे ? [सूची सहित]

एजेन्सी – आसन्न युरोकपका लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलले २६ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ। पोर्चुगलले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा आसन्न युरोकपका लागि २६ सदस्यीय फुटबल टोलीको घोषणा गरेको हो।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले घोशाजना गरेको फुटबल टोलीमा युवा सँग-सँगै अनुभवी खेलाडीहरु समेत छन्। रोनाल्डो, पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्हो जस्ता अनुभवी खेलाडी टोलीमा पर्दा जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटा जस्ता युवा खेलाडी टोलीमा परेका छन्।

प्रशिक्षक सान्तोषले घोषणा गरेको टोलीमा सबै भन्दा बढी इंग्लिस क्लब वल्भ्सका चार खेलाडीले परेका छन् । त्यस्तै पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट समान तीन खेलाडी टोलीमा परेका छन् भने फ्रेन्च क्लब लिलबाट दुई खेलाडी परेका छन् ।

यस्तो छ पोर्चुगल टोली

गोलकिपर – एन्थोनी लोपेस (लियोन), रुई प्याट्रिसियो (वल्भ्स) र रुइ सिल्भा (ग्रानडा)

डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)

मिडफिल्डर – डानिलो पेरेइरा (पीएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)

फरवार्ड – पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुइडेस (भ्यालेन्सिया), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड) र राफा सिल्भा (बेन्फिका)

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८१०:०३

करिम बेन्जेमासँग खेल्न पाउने भएपछि मख्ख परे एम्बाप्पे, यसो भने !