म्यानचेस्टर सिटीका युवा स्टार फिल फोडेनलाई “अविश्वसनीय” को रूपमा वर्णन गर्दै उनलाई बार्सिलोनाका कप्तान लियोनल मेस्सीको श्रेणीको खेलाडी भनिएको छ। डच लेजेण्ड रुड गुलिट विश्वास गर्छन् कि २० वर्षीय इंगलिस मिडफिल्डर यस सिजनको पीएफए प्लेयर्स’ प्लेयर अफ द इयरको मुख्य दाबेदार रहेका छन्।

यस सीजनमा फोडनले आफूलाई पेप गार्डियोलाको शुरुवात ११ मा महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गरेका छन्। उनले यस सिजन सिटीका लागि सबै प्रतियोगितामा ४८ खेल खेलेका छन्। जसमा उनले १५ गोल गर्न सफल भएका छन् भने थप १० गोलमा असिस्ट प्रदान गरेका छन्। फोडेनले उत्कृष्ट प्रदर्शन गरिरहँदा सिटीले यस सिजन प्रिमियर लिग र लिग कप उपाधि आफ्नो पोल्टामा पारिसकेको छ भने च्याम्पियन्स लिगको फाइनलमा चेल्सीको सामना गर्नेछ।

बिबिसी स्पोर्ट्ससँग कुरा गर्दै गुलिटले फोडेन ठ्याक्कै मेस्सी जस्तो नभएता पनि उनको उचाई, गति र चतिराइको कुरा गर्दा मेस्सीको स्तरको खेलाडी रहेको ५८ वर्षीय पूर्व डच खेलाडी विश्वास गर्छन्। उनले ब हने,”सिटीले दिएको मौकामा उनले उत्कृष्ट प्रदर्शन गर्दै यो प्रमाणित गरेका छन् कि उनी मेस्सीको श्रेणीको खेलाडी हुन्।”

मेस्सी जस्तो खेलाडी कोहि पनि हुनै नसक्ने भन्दै उनले फोडेनलाई उनको कद, उचाई र गतिको हिसाबले भने मेस्सीको स्तरको रहेको बताए। उनी निकै उत्कृष्ट खेलाडी रहेको र उनको खेल आफूलाई निकै मन पर्ने रुडले स्पष्ट पारेका छन्। सिटीको युथ एकेडेमीबाट आएका फिलले पेपको प्रशिक्षणमा क्लबको पहिलो टोलीमा डेब्यु गरेका थिए।

