भोलि जेठ ८ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आर्थिक र व्यावसायिक दृष्टिले लाभदायक दिन रहेको छ। लामो समयको आर्थिक आयोजन पूरा गर्न सक्नुहुनेछ। परोपकारको उद्देश्यबाट गरिएको कार्यले मन प्रफुल्लित रहनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएको प्रतीत हुनेछ। आर्थिक लाभ हुन सक्ने आशा राख्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिश्रम गरेअनुसार नतिजा प्राप्त हुनेछैन। तपाईंको क्षेत्रको विशालता र बोलीको मिठासले अन्य व्यक्तिलाई प्रभाव पर्नेछ। जसकारण यसबाट  लाभ लिन सक्नुहुनेछ। कला , पढ्न र लेख्नमा रुचि राख्नु हुनेछ। समय सिक्नको लागि अनुकूल रहेको  छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अत्यधिक भावनात्मक रहनाले संवेदनशील  रहनुहुनेछ। विशेष रूपले  जलाशय र स्त्रीवर्गबाट  सचेत रहनुहोला। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। निन्द्राको अभाव रहनाले शारीरिक र मानसिक स्वास्थ्य खराब होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कार्य सफलताले तपाईको बाटो हेरिरहेको हुनेछ। जसकारण तपाईको आनन्द बढ्नेछ। मित्र र आफन्तसँग भेट हुनुको साथै भ्रमणमा जानुहुनेछ।  ताजा र प्रफुलित अनुभव गर्नुहुनेछ। सहकर्मीको सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा  प्रतिस्पर्धी पराजित हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मिश्र फलदायी रहेको छ। लामो अवधिको आयोजनले दुविधामा पर्नुहुनेछ। कार्यमा निर्धारित सफलता मिल्नेछैन। परिवारमा मेल- मिलाप हुनेछ। टाढा बस्ने आफन्तबाट लाभ प्राप्त हुनेछ। आम्दानीभन्दा धेरै खर्च हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बोलीले नयाँ सौहार्दपूर्ण सम्बन्ध स्थापित हुनेछ। वैचारिक समृद्धि बढ्नेछ। व्यापार धन्दामा लाभको साथसाथै सफलता मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। मित्र र आफन्तसँग भेट हुनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यको विषयमा ध्यान राख्नुहुनेछ। मानसिक स्वस्थतामा कमी आउनेछ। अविचारी र मनमानि व्यवहार नगर्नुहोला। बोलीमा विशेष ध्यान राख्नुहोला। मोज  शोक र मनोरन्जनमा पैसा खर्च हुनेछ। यस समय आध्यात्मिक व्यवहार सहायक बन्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

रोजगार – व्यवसायको क्षेत्रमा लाभ प्राप्त हुनेछ। यसका साथै आफन्त ,मित्र र वृद्दको तर्फबाट लाभ प्राप्त हुनेछ। सामाजिक समारोह, पर्यटन जस्ता प्रसंगमा जानुहुनेछ। शरीर र मनबाट प्रफुलित रहनुहुनेछ। आयको स्रोत बढ्नेछ। अविवाहितको बिहे हुने योग रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यश, प्रसिद्धि र प्रतिष्ठा वृद्दि हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी खुशी हुनाले पदोन्नति हुनेछ। परिवारमा हर्षको वातावरण  रहनेछ। पिता तथा सरकारको तर्फबाट लाभ मिल्नेछ। आर्थिक योजना राम्रोसँग पूरा हुनेछ। अन्य मान्छेको सहायताको अपेक्षा राख्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

 बौद्धिक कार्य वा साहित्य लेखन जस्ता प्रवृत्तिको लागि अनुकूल दिन रहेको छ। व्यवसायमा नयाँ विचारधाराले नयाँ स्वरूप लिनेछ। व्यापारको क्षेत्रमा प्रतिकूल वातावरण रहनाले मन विचलित रहनेछ। शारीरिक थकान महसुस गर्नुहुनेछ। गलत रूपले पैसा खर्च हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। झगडा – विवादबाट टाढा रहनुहोला। पारिवारिक वातावरण कलुषित रहनेछ। आर्थिक संकट अनुभव गर्नुहुनेछ। मानसिक थकान अनुभव गर्नुहुनेछ। ईश्वरको स्मरण र आध्यात्मिकताबाट मानसिक बोझ हल्का गर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दैनिक कार्यबाट बाहिर निस्केर घुमफिर र मनोरंजनमा समय खर्च हुनेछ। आफन्त तथा साथीसँग पिकनिकमा जानुहुनेछ। सिनेमा, नाटक वा भोजनमा जाने कार्यक्रम रहनेछ। व्यवसायमा भाग लिनको लागि शुभ समय रहेको छ। दाम्पत्यजीवनमा निकटता स्थापित रहनेछ।

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८१९:५९

भोलि जेठ ९ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !