बार्सिलोनाका लागि मेस्सीले खेलिसके अन्तिम खेल ?

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लालिगाको अन्तिम खेल शनिबार आइबार विरुद्ध हुने खेल नखेल्ने पक्का भएको छ। ३३ वर्षीय मेस्सी शुक्रबारको प्रशिक्षण सत्रमा पनि उपस्थित थिएनन्।

बार्सिलोनाले आधिकारिक वेबसाइटमा एक स्टेटमेन्ट पोस्ट गर्दै मेस्सीलाई कोपा अमेरिका अघि केहि समय आराम दिने निर्णय गरेको जानकारी दिएको हो। यसको मतलब ३३ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले सायद बार्सिलोनाको सर्टमा आफ्नो अन्तिम खेलिसकेको हुनसक्छ। २००० मा १३ वर्षीयको उमेरबाट बार्सिलोनासँग अनुबन्ध भएका ६ पटकका ब्यालुन डी ओर विजेताले त्यसको चारपछि बार्सिलोनाको सिनियर टोलीबाट द डेब्यु गरेका थिए।

बार्सिलोनामा मेस्सीले आफूलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्ये एकको रूपमा स्थापित गरे। उनले बार्सिलोनाका लागि ७७८ खेल खेलेका छन्। उनी क्लब इतिहासमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन्। जसमा उनले ६७२ गोल गर्न सफल भएका छन् भने थप ३०२ असिस्ट पनि प्रदान गरेका छन्। मेस्सी बार्सिलोनाको इतिहासका सर्वोत्कृष्ट खेलाडी हुन् भन्ने बारे कुनै शंका छैन।

तर क्लबमा २१ वर्ष बिताएपछि आउँदो समरमा उनले बार्सिलोना छाडेर अन्य क्लबसँग अनुबन्ध हुनसक्छन्। सिजनको अन्त्यबाट मेस्सीको बार्सिलोनासँगको सम्झौता अन्त्य हुँदैछ। उनले हालसम्म पनि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्। गत सिजन बार्सिलोना छाड्ने निर्णय गरेर फुटबल जगतमा तहल्का मच्चाएका मेस्सीले सिजनको अन्त्यमा मात्र आफ्नो भविष्य बारे बोल्ने पनि बताएका थिए।

उनले हालै मात्र अर्जेन्टिनी पत्रिका ओलेमा एक अन्तर्वार्ता दिएका छन् जुन छिट्टै नै प्रशारण हुनेछ। उक्त अन्तर्वार्तामा मेस्सीले आफ्नो भविष्यबार बोल्न सक्छन्। यदि उनले बार्सिलोना छाड्ने निर्णय गरे भने सेल्टा भिगो विरुद्ध २-१ ले पराजित भएको खेलनै मेस्सीको बार्सिलोना करियरको अन्तिम खेल हुनेछ।

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८१८:१५

फिल फोडेनको यस्तो उत्कृष्ट गोल जसको कारण उनको तुलना लियोनल मेस्सीसँग हुँदैछ [भिडियो सहित]