लुज-जिन्स सम्हाल्न्न हम्मे-हम्मे परेपछि शिल्पाको व्यापक ट्रोल, बिचरीलाई बेल्ट देउ भन्दै मजाक !

एजेन्सी – हुन त बलिउड अभिनेत्री शिल्पा शेट्टी अहिले चलचित्रहरु देखि टाढा नै छिन्। तैपनि उनी लाइमलाइट भन्दा टाढा भने छैनन्। विभिन्न रियालिटी शो र सामाजिक संजालमा सक्रिय रहेको कारण उनी प्राय लाइमलाइटमै हुन्छिन्।

शिल्पाको फिटनेस र सौन्दर्यताको जहिले पनि चर्चा हुन्छ। विशेष गरेर मिलेको जिउ-डाल र मेन्टेन गरिराखेको फिगरको कारण शिल्पाको जहिले पनि चर्चा र प्रसंशा हुने गरेको छ।

तर हालसालै सामाजिक संजालमा देखा परेको तस्विरको कारण भने उनी ब्यापक ट्रोल भइन्। यधपी बलिउड अभिनेत्रीहरु ट्रोल कुनै ठूलो कुरा भने होइन।

हालसालै सामाजिक संजालमा शिल्पाको एक तस्विर सार्वजनिक भएको थियो। जसमा उनलाई लुज-जिन्समा देखिएको थियो। कम्मर भन्दा ठूलो जिन्समा देखिएकी शिल्पा आफ्नो पाइन्ट समाउँदै गरेको देखिएकी थिइन्।

सार्वजनिक भएको तस्विरमा उनी एक हातले छाता समाउँदै र अर्को हातले जिन्स सम्हाल्दै देखिएकी थिइन्। यसरी लुज जिन्स लगाउँदा शिल्पालाई मजाकको पात्र बनाइयो र ब्यापक ट्रोल गरियो।

 

View this post on Instagram

 

That’s called eye yoga @theshilpashetty just invented it 😎 #viralbhayani @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on

“शिल्पालाई कसैले बेल्ट(पेटी) दिनु नी, पाइन्टनै खस्न लागिसक्यो”,सामाजिक संजालमा धेरैले यस्तै कमेन्ट गर्दै शिल्पाको मजाक उडाएका छन्। यस्तै केहिले,”जान्हवी कपूर बन्न किन खोज्नु ?” भन्दै पनि शिल्पाको मजाक उडाइरहेको पनि सामाजिक संजालमा देखिएको छ।

धेरै परिवर्तन भैसकिन् शिल्पा !

फिल्म बाजीगरबाट बलिउडमा डेब्यु गरेकी शिल्पा दिन प्रतिदिन बदलिंदै गएको छ। पहिला काली देखिने शिल्पा अहिले गोरी भएकी छिन् भने यसको लागि उनको प्लास्टिक सर्जरीको सहारा लिएकी थिइन्।

फिटनेसको लागि शिल्पा योगा गर्ने गरेको बताउँछिन्।

प्रकाशित : सोमबार, साउन २७, २०७६०५:५६

यी युवकसंग प्रेममा रहेको हल्ला चलेपछि नेहाले दिईन यस्तो कडा जवाफ!