एजेन्सी – केहि दिन अगाडी रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई लिएर आएको एक खबरले खेलजगतमा एक प्रकारको तरंग पैदा गार्हो। जिदानले रियल म्याड्रिड छाड्ने दावी गर्दे आएका ती समाचारको तरंग अझै पनि बाँकी छ। केहि अन्तराष्ट्रिय संचार माध्यमहरु अझै पनि उनले रियल छाड्ने दावी गरिरहेका छन्।
स्पेनबाट प्रकाशित हुने एक खेल पत्रिकाका अनुसार जिदानले रियल छाड्ने सम्भावना सकिएको छैन। सिजनको अन्त्यसँगै उनले क्लब छाड्ने उक्त पत्रिकाको दावी छ। जिदानको ठाउँमा युभेन्टसका पूर्व प्रशिक्षक मासिमिलानो एलेग्री आउने चर्चा छ।
एम्बाप्पे रियल जाने चर्चा
एम्बाप्पे रियल म्याड्रिड जाने चर्चा चल्न थालेको लगभग दुई वर्ष नै भैसक्यो। अझै पनि उनी रियल जाने चर्चा सेलाएको छैन। स्पेनिस मिडियाहरु एम्बाप्पे आउँदो ट्रान्सफर विन्डोमै रियल जाने दावी गर्छन्। जिदानले रियल छाडेपनि नछाडे पनि एम्बाप्पे रियल जाने पक्का जस्तै भएको स्पेनिस मिडियाहरुको दावी छ।
जिदानको भविष्यसँग एम्बाप्पेलाई जोडेर एक स्पेनिस मिडिया लेख्छ,”जिदानले रियल छाड्ने लगभग पक्का जस्तै छ। तर, उनी रियलमै रहेपनि नरहेपनि एम्बाप्पे पक्का रियल आउनेछन्।”
कति होला एम्बाप्पेको पारिश्रमिक ?
हाल एम्बाप्प्पेको पेरिस सेन्ट जर्मेन(पिएसजी)मा वार्षिक लगभग २५ मिलियन युरो पारिश्रमिक बुझिरहेका छन्। रियल पनि एम्बाप्पेलाई त्यसकै आसपास पारिश्रमिक दिन तयार रहेको बताइन्छ। तर, पिएसजीले एम्बाप्पेले हरसम्भव प्रयास गर्ने तयारी गरिरहेको छ।
त्यसको लागि पिएसजीले एम्बाप्पेको पारिश्रमिक थप गर्न समेत सक्छ। त्यति मात्र नभई आउने सिजनमा क्लबलाई थप बलियो बनाउने कुरामा एम्बाप्पेलाई विश्वस्त बनाउन समेत पिएसजी लागिपरिरहेको छ।

