योगेश भट्टराईले देउवाको पक्षमा हस्ताक्षर गर्न नमानेको खुलासा !

काठमाडौँ – शुक्रबार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका दुई सासंदले हस्ताक्षर नगरेको खुलासा भएको छ।

नेकपा एमाले उच्च श्रोतमा अनुसार देउवाको समर्थनमा हस्ताक्षर नगर्ने सांसदहरुमा योगेश भट्टराई र जयकुमार राई रहेका छन्। दुवैले अन्तिम समयमा आएर देउवाको पक्षमा हस्ताक्षर गर्न नमानेको बताइएको छ।

भट्टराई आफैंले पनि देउवाको पक्षमा हस्ताक्षर गर्न नसकेको जानकारी गराएका छन्। भट्टराईले सामाजिक संजाल मार्फत शुक्रबार गरेको निर्णयप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ,’ उनले फेसबुक मार्फत भनेका छन्, ‘सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु।’

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८२०:५१

प्रतिनिधिसभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते