प्रतिनिधिसभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते

कठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गरेकी छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेअनुसार राष्ट्रपतिबाट निर्वाचनको घोषणा भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गर्नु भएको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियाे ।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८०७:१५

महामारीले हुँदा खाने र हुनेखानेबीचको खाडल झनै गहिरो बनायो !