फिल्म जगत त्यो उद्योग हो जुन कुनै न कुनै कारण विवादमा परिरहेको हुन्छ। इंडस्ट्रीमा नेपोटिज्मको बारेमा सधैँ चर्चा हुन्छ । समय-समयमा थुप्रै कलाकार यस बारेमा आफ्नो राय दिईरहेका हुन्छन् । थुप्रै कलाकार यसको सिकार पनि भईसकेका छन्। खासगरी अघिल्लो वर्ष सुशांत सिंह राजपूतको मृत्यु भएको थियो। त्यसपछि नेपोटिज्म विरुद्द सेलिब्रेटीदेखि सामान्य व्यक्तिले आवाज उठाउन लागेका थिए।

स्टारकिड्सको फिल्मलाई बहिष्कार गर्न पनि आवाज उठेको थियो । हालै बलिउड अभिनेत्री प्राची देसाईले यस बारेमा बोलेकी छन्। उनको अनुसार इंडस्ट्रीमा भ्रष्टाचार र नेपोटिज्म धेरै भएको छ। प्राची टिभी इंडस्ट्रीबाट बलिउडमा गएकी थिइन्। उनले थुप्रै फिल्ममा काम गरिसकेकी छन्। दर्शकको माया पाएर पनि अभिनेत्रीले सफलता पाईनन्। जसको आशा उनले गरिरहेकी थिइन् । उनी नेपोटिज्म र भ्रष्टाचारलाई आफ्नो असफलताको कारण मान्छिन्।

एक अन्तर्वार्तामा प्राची देसाईले नेपोटिज्मबारे खुलेर कुरा गरिन्। उनले भनिन्, ‘यो एक वास्तविकता हो, जसलाई सजिलै सबैले स्वीकार गर्छ। यसलाई अस्वीकार गर्न सकिदैन। यो सधैँ रहन्छ र रहिरहनेछ। तर यो सबै भएर पनि दर्शकले धेरै कुराको निर्णय गर्छन्। मलाई यो मनपर्छ । दर्शकले जबसम्म साथ दिन्छन्, तबसम्म सबैको लागि ठाउँ हुनेछ। दर्शकको कारण मलाई अहिले काम मिलिरहेको छ। यही काम केहि समय पहिले मैले पाएकी थिइन्। यो सबै चीज दर्शकको कारण भईरहेको छ। निर्देशक स्क्रिप्ट नपढीकन मलाई फिल्ममा साइन गराउन चाहन्छन्। तर म यसको लागि तयार थिइन र फिल्मको प्रस्तावलाई अस्वीकार गर्न थालेकी थिए। पछि मेरो बारेमा इंडस्ट्रीमा मलाई फिल्ममा काम गर्न मन नभएको धारणा बनाईएको थियो। धेरैजसो निर्देशक मलाई केवल ह-ट देख्न चाहन्छन्। उनीहरु मलाई से-क्सी रहन ध्यान दिन भन्थे। मलाई यो मन पर्दैन थियो। त्यसपछि मलाई फिल्म पाउन कम भयो। म खुशी छू कि अहिले ओटीटीको जमाना रहेको छ। यहाँ धेरै विकल्प छन्। साथै हेर्नको लागि पनि धेरै कुरा छन् ।’
प्राचीले टिभी इंडस्ट्रीमा २००६ मा सीरियल ‘कसम से’ मार्फत डेब्यू गरेकी थिइन्। यसबाट उनलाई निकै लोकप्रियता मिलेको थियो, जसपछि प्राची देसाईले २००८ सालमा फिल्म ‘रक अन’ बाट बलिउडमा अभिनयको सुरुवात गरेकी थिइन्। उनले ‘वन्स अपन अ टाइम इन मुंबई’, ‘बोल बच्चन’, ‘अजहर’ र ‘एक भिलेन’ जस्ता फिल्ममा काम गरिन्। हालै उनलाई थ्रिलर फिल्म ‘साइलेंस’ मा देखिएको थियो। उनले फिल्ममा एक पुलिस अधिकारीको भूमिका निभाएकी थिइन्।

