एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिने भएको छ। लालिगा उपाधि चिप्लिसकेको अवस्थामा क्लबले मेस्सीलवी विश्राम दिने निर्णय गरेको हो।
बार्सिलोना आज सिजनको अन्तिम खेल एइवर विरुद्ध खेल्दै छ। एइवर विरुद्ध खेल्ने टोलीमा मेस्सी छैनन्। सिजनभरी लगातार मैदानमा उत्रिएका मेस्सीलाई विश्राम दिइएको क्लबले जनाएको छ।
आउने महिनाबाट कोपा अमेरिका शुरु हुँदैछ। बार्सिलोनाले सो प्रतियोगिताका लागि आराम चाहिने भन्दै विश्राम दिएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
भविष्यको टुंगो नलाग्दै बार्सिलोना छाड्दै मेस्सी
कोभिडका कारण एक बर्ष स्थगित भएको कोपा अमेरिका आगमी जुन १३ देखि जुलाई १० सम्म अर्जेन्टिनामा हुँदैछ। उक्त प्रतियोगिताका लागि मेस्सी छिट्टै अर्जेन्टिना फर्किने तयारीमा छन्।
उनी बार्सिलोना छाडेर अर्जेन्टिना फर्किने तयारीमा हुँदै गर्दा समेत उनको भविष्य के हुन्छ भन्ने बारे टुंगो लागिसकेको छैन। बार्सिलोनाले मेस्सीलिई क्लबमै राख्न चाहेको भएपनि उनले त्यससम्बन्धमा कुनै निर्णय गरेका छैनन्।
लालिगा चिप्लिए पनि पिचिची अवार्ड मेस्सीकै
बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले लालिगाको शिर्ष गोलकर्ता रहँदै पिचिची अवार्ड जित्ने पक्का जस्तै भएको छ।आइतबार राति सेल्टा डि भिगोसँग पराजित हुँदा बार्सिलोनाका लागि एक गोल गरेका मेस्सीले पिचिची अवार्ड जित्ने पक्का भएको हो।
सेल्टा डि भिगो विरुद्ध गरेको गोल सँगै मेस्सीको जारी सिजनमा लालिगा गोल संख्या ३० पुगेको छ। मेस्सी दोस्रो स्थानमा रहेका जेरार्ड मोरेनो भन्दा ७ गोलले अगाडी छन्।
भिल्लारियलले मात्र एक खेल्न बाँकि रहेको अवस्थामा उनले २३ गोलबाट मेस्सीको गोल संख्यालाई भेटाउन असम्भव देखिन्छ। त्यस्तै लालिगा गोलकर्ताको सूचीको तेस्रो स्थानमा रियल म्याड्रिडका करिम बेन्जेमा छन्। उनले पनि मेस्सीलाई भेटाउने सम्भावना देखिँदैन।

