एकहप्ता भित्र ग्रहचक्रमा हुँदै तीन परिवर्तन, यो एक राशिलाई सबै भन्दा बढी प्रभाव !

एजेन्सी – ग्रहहरुको राशि परिवर्तनले हाम्रो जीवनमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा प्रभाव पार्नेगर्छ। राशि परिवर्तन पश्चात ग्रहहरु रहने स्थान अनुसार राशि अनुसार फरक-फरक प्रभाव पर्ने ज्योतिषीहरु बताउँछन्।

मे महिनाको शुरुवातमा लगभग ४ ग्रह वृष राशिमा प्रवेश रहे। जसले राशिचक्रका सम्पूर्ण १२ राशिहरुमा भिन्न-भिन्न प्रभाव पारे। अब आउने दिनहरुमा केहि ग्रहहरुले मिथुन राशिमा प्रवेश गर्नेछन्। त्यसको सिधा असर मिथुन राशिलाई त पर्ने नै छ, अन्य राशिहरुलाई पनि पर्नेछ।

मिथुनमा बुधको प्रवेश

संचार, वाणी, वाणिज्य र बुद्धि आदिको कारण ग्रहले आउने केहि दिनमै राशि परिवर्तन गर्दैछ। मे २६ मा बुधले वृष राशि छाडी मिथुन राशिमा प्रवेश गर्नेछ। बुध मिथुन राशिमा जून ३ सम्म रहनेछ। त्यसबीच बुध ग्रह ३० मेमा वक्री अवस्थामा फर्कनेछ भने त्यसअवस्थामा २६ जून सम्म रहनेछ।

शुक्रले पनि गर्नेछ राशि परिवर्तन

बुध मात्र नभई आउने समयमा शुक्रले पनि राशि परिवर्तन गर्देछ। हाल वृष राशिमा रहेको शुक्र ग्रह २९ मेमा मिथुन राशिमा प्रवेश गर्नेछ। शुक्र मिथुन राशिमा २२ जून सम्म रहनेछ।

शनिको चाल परिवर्तन

मे २३ मा शनिले चाल परिवर्तन गर्देछ। त्यसदिन शनि चाल परिवर्तन गरेर मकर राशि मै वक्री हुनेछ। शनि अक्टोबर ११ सम्म वक्री अवस्थामै रहनेछ।

ग्रहचक्रमा मे महिनाको बाँकी समयमा हुने सम्पूर्ण परिवर्तनहरुले सबै भन्दा बढी प्रभाव मिथुन राशिलाई पर्नेछ। शनि र बुधले गर्ने परिवर्तन मिथुन राशि हुनेहरुका लागि शुभ सावित हुनेछन्। तर शुक्रका कारण भने मिथुन राशि हुनेहरुलाई नकारात्मक प्रभाव पर्नेछ। आउने समय मिथुन राशि हुनेहरुका लागि आर्थिक रुपमा राम्रो रहेपनि स्वास्थ्यका हिसाबले सुखद नरहने देखिन्छ। मे महिनाको बाँकी समय मिथुन राशि हुनेहरुको जीवनमा व्यपाक उथलपुथल हुनेछन्।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८१७:५७

अब १ सय ४१ दिन सम्म यी ३ राशिमा रहनेछ शनि ग्रहको विशेष कृपा. मिल्नेछ लाभै-लाभ !