राष्ट्रपतिलाई ‘तिमी’ भन्दा ओलीको चित्त दुख्यो, गगनले दिए कडा दनक !

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशालि नेता गगन कुमार थापाले गणतन्त्रमा सम्मान दर्जाले नभई कामले आर्जन हुने बताएका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई तिमि भनेको भन्दै आपत्ति जनाएपछि नेता थापाले यस्तो बताएका हुन्।

थापाले सामाजिक संजालमा लेखेका छन्,”राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!!”

“सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? भन्ने प्रश्न पनि थापाको छ। आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको थापा बताउँछन्।

“‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।”,थापाले फेसबुकमा लेखेका छन्।

शनिबार नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ भनिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए।

ओलीलले यसो भनेका थिए

मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् …यस्तो भाषा बोलिएको छ ।

जनसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा कुनै नालयक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तोकस्तो भाषा बोलेर निहुरिएर केके भाषा बोल्ने यी मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८२०:४९

नयाँ पार्टी खोल्दै माधव नेपाल !