युरोपियन गोल्डेन बुट जित्न रोनाल्डोले एक खेलमै १२ गोल गर्नुपर्ने !

एजेन्सी – युरोपियन गोल्डेन बुट जर्मन च्याम्पियन बायर्न म्युनिखका स्टार फुटबलर रोबर्ट लेवाण्डोस्कीले जित्ने पक्का भएको छ। शनिबार राति अग्सवर्ग विरुद्ध एक गोल गरेसँगै लेवाण्डोस्कीले युरोपियन गोल्डेन बुट जित्ने पक्का भएको हो।

अग्सवर्ग विरुद्धको गोलसँगै जर्मन बुन्डेसलिगाको सन् २०२०-२१को सिजनमा ४१ गोल पुर्याएका छन्। सिजनको अन्तिम खेलमा अग्सवर्ग विरुद्ध अन्तिम समयमा लेवाण्डोस्कीले गोल गरे।

यस्तो छ युरोपियन गोल्डेन बुट रेस

युरोपियन गोल्डेन बुट रेसमा लेवाण्डोस्की कुनै पनि खेलाडीले भेट्न नसक्ने अवस्थामा छन्। युरोपियन गोल्डेन बुट रेसको पहिलो स्थानमा ४१ गोल सहित लेवाण्डोस्की रहँदा दोस्रो स्थानमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सी छन्। यधपी उनका लागि लालिगाको यस सिजन सकिसकेको छ।

त्यस्तै युरोपियन गोल्डेन बुट रेसको तेस्रो स्थानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन्। उनको २९ गोल छ। सिजनको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा उनले युरोपियन गोल्डेन बुट जित्ने सम्भावना छैन। लेवाण्डोस्कीलाई भेट्टाउन उनले १२ गोल गर्नुपर्नेछ। जुन कुनै पनि हालतमा सम्भव छैन।

लेवान्डोस्कीको किर्तिमान

शनिबारको खेलमा गोल गरेसँगै लेवान्डोस्कीले सन् २०२०-२१को सिजनमा गोलसंख्या ४१ पुगेको छ। यससँगै उनले ४७ वर्ष अगाडीको रेकर्ड तोडेका छन्। सन् १९७१–७२ मा गर्ड मुलरले एकै सिजनमा राखेको ४० गोलको कीर्तिमान तोडेका छन्।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८२२:३८

एटलेटिको म्याड्रिडलाई ला लिगाको उपाधि, सुआरेज बने नायक !