मेस्सीले हात पारे पिचिची ट्रफी !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् ।

बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भएपनि कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले ३५ खेलमा ३० गोल र ९ असिस्ट दिए ।

ट्रफी जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारे । मेस्सी बेन्जेमा र मोरेनो भन्दा ७ गोलले अघि रहे । बेन्जमाले २३ गोल र ९ असिस्ट दिएका थिए । मोरेनोले २३ गोल ७ असिस्ट दिएका थिए ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यसअघि २००९–१० मा (३४), २०१२–१२ मा (५०), २०१२–१३ मा (४६), २०१६–१७ मा (३७), २०१७–१८ मा (३४), २०१८–१९ मा (३६), २०१९–२० मा (२५) गोल गरेका थिए । यस सिजन मेस्सी कप्तानीमा रहेको बार्सिलोना तेस्रो स्थानमा रह्यो । रियल दोस्रो स्थानमा रह्यो ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१०:४०

मेस्सी र रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडी हुन् लेवान्डोस्की !