हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली आफ्नो सुन्दरताको र बोल्डनेसको कारण चर्चामा रहन्छिन्। उनको फोटो बाहिरिने बितिक्कै सामाजिक सञ्जालमा तहल्का मच्चिन्छ। हालै एन्जेलिना जोलीले आफ्नो चुनौतिपूर्ण र अनौठो फोटोशूटको कारण चर्चामा छिन्। एन्जेलिना जोलीले माहुरीको झुण्डमा फोटोशूट गरेकी छन्। उनले वर्ल्ड बीज (मधुमक्खी) डे को मौकामा एक फोटोशूट गरेकी छन्।
यस फोटोशूटको फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। उनले अफ शोल्डर टिशर्ट लगाएकी छन्। उनको शरीरमा माहुरी नै माहुरी रहेको छ ।
एन्जेलिनाको शरीरमा १८ मिनेटसम्म माहुरी चिप्केको थियो। उनको काध र अनुहारमा पनि माहुरीको झुण्ड रहेको थियो। यसैक्रममा अभिनेत्रीले तल-माथि हेरेकी थिइन्।
यो फोटोशूट नेशनल जियोग्राफिकको सहयोगमा गरिएको थियो। फोटोग्राफर र माहुरी पालक ड्यान विन्टर्स अनुसार माहुरीलाई शान्त राख्न र एन्जेलिनामाथि झुण्ड बनाउनको लागि र टोक्नबाट रोक्नको लागि विशेष योजना बनाईएको थियो। शूट निकै ध्यान दिएर पूरा गरिएको थियो।
कामको कुरा गर्ने हो भने उनले १९८२ बाट करियर सुरु गरेकी थिइन्। उनी फिल्म ‘लुकिंग टू गेट आउट’ बाट बाल कलाकारको रुपमा पर्दामा देखिएकी थिइन्। यस फिल्मपछि एन्जेलिनाको भाग्य चम्केको थियो। एन्जेलिना सामाजिक सञ्जालमा खासै सक्रिय रहदिनन्।