एम्बाप्पेले रियलसँग सम्झौता गरिसकेको खुलासा !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेका विषयमा अनेक चर्चा र अनुमान चल्ने गरेका छन् । पिएसजीमा उनले नयाँ सम्झौता नगरेका कारण पनि अनेक अड्कल बाजी हुने गरेका छन् ।

फ्रान्सका एजेन्ट ब्रुनो सेटिनले एमबाप्पले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेको दाबी गरेका छन् । ‘मलाई लाग्छ उनी जानका लागि तयार भइसकेका छन्,’ उनले आफ्नो श्रोतको हवाला दिदै भनेका छन्, ‘मलाई प्राप्त गरेको जानकारी अनुसार एमबाप्पे र उनको परिवारले रियलसँग सम्झौता गरिसकेका छन् ।’

खेलाडीसँग सम्झौता हुनु एउटा प्रसंग भएपनि त्यसमा पिएसजीको पनि सहमति भने आवश्यक पर्दछ । पिएसजीका कतारी मालिकले एमबाप्पेका विषयमा कुनै निर्णय लिसकेका छैनन् । अहिलेको सम्झौता सकिएपछि वा सकिनु अघि नै उनी अर्को क्लब जान सक्ने विषयमा प्रष्ट भएको छैन । पिएसजीमा एमबाप्पलेको सम्झौता अर्को वर्ष सम्मको रहेको छ ।

पिएसजी र एमबाप्पेबीच नयाँ सम्झौता पनि अहिले भएको छैन । पिएसजीले उनलाई सन् २०२५ सम्मका लागि प्रस्ताव गरेको थियो । जसमा उनले २०२४ मा क्लब छाड्न सक्ने विकल्प पनि राखिएको छ ।

एमबाप्पे भने लामो सम्झौताको पक्षमा छैनन् । उनीले २०२३ सम्म सम्झौता गर्ने र त्यसमा २०२२ मा क्लब छाड्ने विकल्प राखिनुपर्ने बताउँदै आएको जनाएको छ ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१२:३५

ललिगा जितेपछि सुवारेजले भने: बार्सिलोनाले मलाई रुवाउँदा एथलेटिकोले विश्वास गर्यो